बिमस्टेक सार्कको विकल्प होइनः प्रधानमन्त्री अाेली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक दक्षिण एशियाली सहयोग संगठन (सार्क) को विकल्प नभएको बताएका छन् । उनले विमस्टेकले सार्कको विकल्प नभई पुरक रहन्छ भन्ने विश्वास नेपालले लिएको बताए ।
काठमाडौंमा सुरु भएको चौथो बिमस्टेक सम्मेलनलाई सम्बोधन गर्दै ओलीले भने, ‘ विमस्टेकले सार्कको विकल्प होइन पुरक रहन्छ भन्ने म विश्वास गर्छु । यही नै हाम्रो वाचालाई यथार्थमा रुपान्तरण गर्ने समय हो ।'
बिमस्टेकलाई विश्वले चासोका साथ हेरिरहेको उल्लेख गर्दै ओलीले जनसङ्ख्या र अर्थतन्त्रको विशालताले बैठकले गर्ने निर्णयले विश्वव्यापी प्रभाव कायम गर्ने धारणा राखे ।
बिमस्टेक संगठनले दक्षिण एशियालाई एशियासँग र हिमाललाई महासागरसँग जोड्ने बिचार व्यक्त गर्दै ओलीले यो क्षेत्रले आर्थिक विकास गर्दै गर्दा कोही पनि पछाडि छुट्न नहुनेमा जोड दिए ।
‘हामी प्राकृतिक प्रकोपलाई समान रुप भोगिरहेका छौं नै साथै हामी आफूले नगरेको काममा पनि सजाय भोगि रहेका छौं’, ओलीले भने, ‘हामी हिमालको काखमा छौं , हाम्रा नदीहरु हिमालय हुँदै बङ्गालको खाडीमा पुग्छन् र त्यहाँबाट बादल भएर पुन यही आईपुग्छन् । तीनको गढबढीले हिमनदी तथा बाढी हामीले भोगिरहेका छौं ।’
प्रकृतिले हिमालय र बङ्गालको खाडीमात्र निर्माण गरेको नभई औद्योगिक क्रान्तिको चरणमा रुपान्तरणको प्रक्रिया पनि तिब्र रुपमा भइरहेको ओलीले बताए । यसले सबै सदस्य राष्ट्रका बीचमा अबसर र चुनौती दुबै रहेको ओलीको भनाई थियो ।
अहिलेको सन्दर्भमा युवाहरुमा लगानी गर्नुपर्नेमा जोड दिँदै ओलीले भने, ‘हामीले हाम्रो युवाहरुको उर्जालाई सक्दो उपयोग गर्नु पर्छ । युवा र बालबालिकामा लगानी गर्नु भनेको सम्वृद्ध भविष्यमा लगानी गर्नु हो ।’
आफू नेतृत्वको सरकारले सम्बृद्ध नेपाल र सुखी नेपालीको एजेण्डा अघि सारेको बताउँदै ओलीले यो लक्ष्य प्राप्त गर्नको लागि विदेशी मित्रराष्ट्रसँग सद्भाव र सहकार्य चाहेको बताए ।
यस्तै उनले सरकार लोकतन्त्र, मानवअधिकार, कानुनी राज्य र सुशासनप्रति प्रतिबद्ध रहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँच वर्षपछि ‘टोल ट्याक्स’ बिउँताउँदै सरकार
-
‘क्यानका अध्यक्षले मविरुद्ध षडयन्त्र गरे, निर्णय नसच्याइए न्यायालय जान्छु’
-
महालेखाको वार्षिक प्रतिवेदन : प्रधानमन्त्रीको गृहजिल्लामा ठेक्का सम्झौता अन्त्य गर्ने निर्णय भएका आयोजनामा भुक्तानी
-
देश दुर्घटनाको छेउमा पुगेको छ : वामदेव गौतम
-
यस्ता छन् कर्णाली प्रदेश सरकारले ल्याउने आगामी बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)
-
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशनको पहिलो बैठक, के-के भयो ?