बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बाबुपछि छोरा सक्रिय, तीन राप्रपाका नेतासँग पारस शाहको ‘गोप्य’ वार्ता

बिहीबार, १४ भदौ २०७५, १२ : ५४
बिहीबार, १४ भदौ २०७५

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले गत चैत पहिलो साता झापामा बोलाएर तीनवटै राप्रपाका युवा नेताहरुलाई भेटेको झण्डै ६ महिनापछि पूर्वयुवराज पारस शाहले पनि काठमाडौमा तीनै पार्टीका नेताहरुलाई गोप्य रुपमा भेटेका छन् । 

पुर्व युवराज पारसले बुधबार कमल थापा नेतृत्वको राप्रपा, पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीका नेताहरुलाई काठमाडौको नक्सालस्थित एक होटलमा भेटेका हुन् । 

झण्डै चाढे चारघण्टा उनीहरुबीच भेटबार्ता भएको हो ।  दिउँसो १२ बजेदेखि भएको सो भेटघाटमा पूर्व युवराज पारसले राष्ट्रियता कमजोर बन्दै गएको तथा समाजमा महिला तया बालबालिकामाथि हिंसा बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका थिए । 

उक्त भेटमा कमल थापा नेतृत्को राप्रपाका  युवा नेता सहभागि भएका थिए । त्यसैगरी राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकका नेताहरु राजेन्द्र गुरुङ, सुरेश आचार्य, रविन्द्रप्रताप शाह, विराज भट्ट र सगुनसुन्दर लावती सहभागि थिए ।  यस्तै एराप्रपा राष्ट्रवादीबाट ऋषिबाबु परियार, शुष्मा आचार्य  केशव श्रेष्ठ सहभागि थिए ।

‘भेट भएको हो, त्यसक्रममा युवराजबाट खासगरी युवा पलायन, महिला हिंसा र सामाजिक सुरक्षाबारे चासो प्रकट भयो’ राप्रपा प्रजातान्त्रिकका नेता सगुन सुन्दर लावतीले रातोपाटीलाई बताए । 

भेटवार्ताका क्रममा पारससँगै सहभागीहरुले चिया, कफी र जुस पिएका थिए । ‘पारस त्यति धेरै त बोल्नुभएन तर, अरुले राखेका कुराहरु रुचि मानेर सुन्नुभयो । हामीले हाम्रा कुराहरु पनि राख्यौ’ भेटमा सहभागि अर्का एक नेताले नाम नलेख्न आग्रह गर्दै भने ।

 त्यसक्रममा पारसले तीनवटै राप्रपा एकीकरणमा भइरहेको ढिलाईबारे पनि नेताहरुसँग चासो व्यक्त गरेका थिए । ‘सबै युवाहरु एक हुनुपर्छ, राष्ट्रवादी शक्ति बलियो बनाउनुपर्छ, राप्रपाहरुको एकता हुने सुनेको थिए अहिले के भइरहेको छ ? ’ पुर्वयुवराज पारसले जिज्ञासा राखेका थिए । तीनवटै पार्टीका युवा नेताहरुलाई छुट्टाछुटटै समयमा भेटेका शाहले देशको पछिल्लो स्थितिका बारेमा जान्न युवा नेताहरुलाई निम्त्याएको सुरुमै जानकारी गराएका थिए ।  

पारससँगको भेटमा कतिपय नेताहरुले पूर्व युवराज पारसलाई सामाजिक अभियान चलाउन सुझाव दिएका थिए । तर, जवाफमा पारसले कुनै प्रतिकृया दिएनन् । उनले टाउको हल्लाएर मौन समर्थन मात्रै जनाएका थिए  ।


केही समयअघिसम्म देशका विभिन्न धार्मिक स्थलको भ्रमण गरेका युवराज पारसले बुधबार राप्रपा नेताहरुलाई भेटेसँगै उनी अब राजनीतिक भेटघाटमा जुटेको सहभागिहरुको भनाई छ । 
यसो त उनी फेरि पनि देश दौडाहामा जाने तयारीमा रहेको नेताहरुले दाबी गरेका छन् । 

यसैको लागि उनले कसरी अघि बढ्दा ठीक हुन्छ भनि नेताहरुसँग सुझाव मागेको पनि बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप