शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दरबारमार्गमा भित्रिएकी ‘परी’को आकर्षण

बुधबार, ०४ साउन २०७४, ११ : ३८
बुधबार, ०४ साउन २०७४

परी । यो काठमाडौंको दरबारमार्गमा रहेको एसबीआई बैंकमा राखिएको रोबोट हो । परीले सेवाग्राहीलाई बैंकिङ कारोबारमा सहयोग पुर्याउँछ । एसबीआई बैंकको ३५ देशमा शाखा रहे पनि उसले नेपालबाट पहिलोपटक व्यावसायिक रूपमा रोबोट प्रयोगमा ल्याएको हो । 


सेवाग्राहीले परीबाट सुविधा लिन अप्ठ्यारो छैन । त्यहाँ पुग्नासाथ उसले ‘वेलकम टु एसबीआई इन टच’ भनेर सेवाग्राहीलाई स्वागत गर्छ । सेवाग्राही झन् नजिक पुगेपछि परीले ‘हेलो आईएम परी, ह्वाट डु यु वान्ट टु डु’ भनेर नेपाली र अंग्रेजी भाषामा सोध्छ । लगत्तै रोबोटको छातीमा भएको स्क्रिनमा बैंकमा रहेका चार मेसिनबारे सांकेतिक रूपमा जानकारी गराउँछ । सेवाग्राहीले नेपाली वा अंग्रेजी भाषा र आफूले खोजेको मेसिनका लागि जानकारी बटम थिचेपछि रोबोटले बैंकिङ सेवा लिने तरिका भन्दै जान्छ, साथसाथै स्क्रिनमा भिडियो पनि देखाउँछ ।


एसबीआई बैंकले रोबोट प्रयोगमा ल्याएपछि सेवाग्राही लाभान्वित भएका छन् । उनीहरू आकर्षित पनि छन् । ‘खाता खोल्न चाहने सेवाग्राहीलाई फाराम भर्न सिकाउन दक्ष मानिस चाहिन्छ । दक्ष मानिसले फाराम भरिदिइरहन भ्याउँदैनन् । सुरक्षागार्डले जानेजति सिकाउँछन्,’ पाइला टेक्नोलोजीसम्बद्ध इन्जिनियर रवीन गिरीले भने, ‘बैंकका जोकोही सिकाउँदै बसिरहन सक्दैनन् । त्यो झन्झटिलो काम हो । तर, रोबोटले सहज तरिकाले खाता खोल्ने तरिकासमेत सिकाउँछ ।’ 

१२ जनालाई परी निर्माण पूरा गर्न ४५ दिन लागेको थियो । नेपालमा पाइने सामानबाट रोबोटजस्तै मूर्ति रवि बस्नेतले बनाएका हुन् । पाइला टेक्नोलोजीका सागर श्रेष्ठका अनुसार भ्वाइसमा ज्योत्सना मरासिनी र अडियो प्रोसेसिङमा आभास श्रेष्ठले सहयोग गरेका थिए । परी निर्माण पूरा गर्न पुल्चोक इन्जिनियरिङ कलेज रोबटिक क्लबको त्यत्तिकै सहयोग रहेको थियो ।


त्यतिमात्रै होइन, रोबोटले सधैं सबैसँग मिठास तरिकाले बोल्ने गर्छ । बैंकका कर्मचारी बिहान १० बजे जति मिठास तरिकाले बोल्छन्, दिउँसो तीन बजेतिर त्यस्तो नहुन सक्छ । ऊ कामले थाक्न सक्छ । तर, रोबोटले जहिल्यै मिठास तरिकाले बोल्न र बुझाउन सक्छ ।


रोबोटमै भविष्य खोज्न स्थापित पाइलो टेक्नोलोजीद्वारा निर्मित परी रोबोट चौबीसै घन्टा चल्न सक्ने भए पनि बैंकले रोबोट जुन ठाउँमा राखेको छ, त्यहाँ १० बजे खुल्ने र पाँच बजे बन्द हुने गरेको छ । 


१२ जनालाई परी निर्माण पूरा गर्न ४५ दिन लागेको थियो । नेपालमा पाइने सामानबाट रोबोटजस्तै मूर्ति रवि बस्नेतले बनाएका हुन् । पाइला टेक्नोलोजीका सागर श्रेष्ठका अनुसार भ्वाइसमा ज्योत्सना मरासिनी र अडियो प्रोसेसिङमा आभास श्रेष्ठले सहयोग गरेका थिए । परी निर्माण पूरा गर्न पुल्चोक इन्जिनियरिङ कलेज रोबटिक क्लबको त्यत्तिकै सहयोग रहेको थियो ।

एसबीआई बैंक प्रबन्ध निर्देशक अनुकूल भट्नाकरले बैंकमा हिँडडुल गर्न सक्ने रोबोट राख्ने इच्छा देखाएका छन् । ‘हिँडडुलमात्रै होइन, नेपाली भाषासमेत बुझ्ने रोबोट बनाउनेछौं,’ भुसालले भने, ‘हामीलाई डोनेसन चाहिँदैन । अवसर दिए पुग्छ । अवसर पाए डोनेसन गर्न चाहने पाइन्छन् ।’


परी निर्माण गर्न पाउनुलाई पाइला टेक्नोलोजीले अवसर ठानेको छ । उसले नै परी निर्माण गर्न कसरी पाए ? ‘एसबीआई बैंकले नयाँ डिजिटल एकाउन्ट लन्च गर्न रोबोट राख्न खोज्दै रहेछ,’ पाइला टेक्नोलोजीका दीपकमल भुसालले सुनाए, ‘रोबोट बनाउनेको खोजीमा एसबीआई बैंकका सरहरू पुल्चोक इन्जिनियरिङ कलेज पुग्नुभएको रहेछ । कलेजका रोबटिक क्लबले हामीसम्म पठाइदिए । पहिलेको हाम्रो काम हेरेर उहाँहरूले हामीलाई विश्वास गर्नुभयो । काम गर्ने अवसर दिनुभयो ।’
सातजनाको समूह रहेको पाइला टेक्नोलोजीमा पुल्चोक इन्जिनियरिङ कलेजबाटको स्नातक गरेका पाँच र दुईजनाले भारतबाट इन्जिनियरिङमा स्नातकोत्तर गर्दै रहेका छन् । एसबीआई बैंकले दरबारमार्गमा व्यावसायिक रूपमा रोबोट प्रयोग ल्याएपछि पाइला टेक्नोलोजीसम्बद्ध इन्जिनियर कम्ती खुसी छैनन् । 


एसबीआई बैंक प्रबन्ध निर्देशक अनुकूल भट्नाकरले बैंकमा हिँडडुल गर्न सक्ने रोबोट राख्ने इच्छा देखाएका छन् । ‘हिँडडुलमात्रै होइन, नेपाली भाषासमेत बुझ्ने रोबोट बनाउनेछौं,’ भुसालले भने, ‘हामीलाई डोनेसन चाहिँदैन । अवसर दिए पुग्छ । अवसर पाए डोनेसन गर्न चाहने पाइन्छन् ।’


परी व्यावसायिक रूपमा प्रयोगमा आएपछि एसबीआई बैंक सीईओ अरून्धती बज्राचार्यले नेपाल प्रविधिमा फड्को मासिसकेको प्रतिक्रिया दिँदा पाइला टेक्नोलोजीसम्बद्ध इन्जिनियरमा उत्साह थपिएको छ । उनीहरूले सपिङ मल, पाँचतारे होटल, अस्पताल, बैंक, रेष्टुरेन्टसँग रोबोटलाई व्यावसायिक रूपमा प्रयोगमा ल्याउने छलफल गर्दै आएका छन् । 


पाइला टेक्नोलोजीले यसअघि अटोमेटिक धारा (अटोमेटिक वाटर लेभल कन्ट्रोल सिष्टम) र मोटर स्पीड कन्ट्रोलर बजारमा ल्याइसकेको छ । 
दुबई रोबोट प्रहरी प्रयोगमा आइसकेको छ । त्यत्तिको रोबोट हामीले पनि पाइला सक्ने पाइला टेक्नोलोजीको दाबी छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप