केन्द्रीय संस्करण

यसरी हुँदैछ भक्तपुरको विकास : महेश बस्नेतसँगको कुराकानी

person access_timeभदौ १३, २०७५ chat_bubble_outline0

उपत्यकाभित्रै भएर पनि भक्तपुर जिल्लाका ग्रामीण भेगहरू ‘बत्तीमुनिको अँध्यरो’ सरह छन् । यस्तो परिस्थितिबीच ग्रामीण क्षेत्रका सडक स्तरोन्नती गर्ने, सहरी क्षेत्रमा खानेपानीको विस्तार गर्ने, ट्राफिक जाम न्यूनीकरण गर्ने, रोजगारी सिर्जना गर्दै युवाहरूको विदेश पलायन रोक्ने र समग्र भक्तपुरको पहिचानलाई राष्ट्रिय पहिचानसँग जोड्ने नारा दिएर युवा नेता महेश बस्नेत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट प्रतिनिधिसभा सदस्यमा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भए । आफ्ना प्रतिबद्धताहरू कार्यान्वयन गर्ने दिशामा उनी कत्तिको सचेत छन् ? यसै विषयमा बस्नेतसँग गरेको कुराकानी ;

अहिले के गर्दै हुनुहुन्छ ?

भक्तपुरमा राष्ट्रिय गौरवका आयोजनाहरू सञ्चालन गर्ने र भक्तपुरलाई भौतिक हिसाबले पनि र मानवीय हिसाबले पनि विसकाको गतिमा लैजाने भनेर हामीले स्थानीय तह र प्रतिनिधिसभाको चनुावमा घोषणा पत्र थियो । चुनावपपछि हामीले त्यसलाई व्यवस्थित गर्न खोज्दैछु । भक्तपुरकै विकसाका लागि सक्रिय छु । 

लोकप्रिय नारा दिन जति सजिलो हुन्छ, कार्यान्वयन गर्न यत्तिकै गाह्रो होला नि ?

त्यस्तो होइन । यो भक्तपुरमा आफैमा सम्भावना बोकेको क्षेत्र हो । पूर्वतर्फको एउटा ट्रान्जिट प्वाइन्ट पनि हो । कोेटेश्वरदेखि साँगासम्मको हाइवे मुख्य हाइवे हो । यहाँ दुर्घटना बढ्यो, जाम धेरै भयो र अँध्यारो भयो । हामीले सुरक्षित बनाउने, जाम घटाउने र उज्यालो बनाउने अभियान हो । अहिले पनि यसलाई व्यवस्थित गर्ने योजनामा छौँ । कोटेश्वरको जाम हटाउनका लागि मनोहरादेखि पेप्सिकोलासम्म कोरिडोर निर्माण गर्ने काम अघि बढाएका छौं । त्यसका लागि हामीले सडकबाट १७ करोड र मनोहरा जग्गा एकीकृत आयोजनाको ४३ करोड लगानी हुनेछ । त्यसलाई चाहिँ हामी कोरिडोर निर्माण गरेर विशेषगरी ललितपुर जाने गाडीहरू कोरिडोर नै कोरिडोर जुडीबुटीदेखि बालकुमारी निकाल्ने एउटा योजना छ । अर्को चाहिँ कोटेश्वरस्थित टङ्कप्रसादको सालिकबाट पेप्सिकोलासम्म अर्को सडक निर्माण गर्ने र त्यसका लागि नागरिक उड्डयन प्राधिकरणले जनताको जग्गाको मुआब्जा दिने र बाटो पनि बनाउने प्रतिबद्धता गरेको छ । उक्त सहमति भइसकेको छ । 

साँगादेखिको जाम हटाउन यति कदम पर्याप्त होला ?

मध्यकालीन उपाय भनेको बालकुमारीबाट राधेराधे हुँदै च्याम्हासिंहसम्म जाने जुन हनुमन्ते होला छ । त्यसको दायाँबायाँ सडक निर्माण गर्ने हो । यसलाई अरनिको हाइवेको वैकल्पिक मार्गका रूपमा विकास गर्न सकिन्छ । 

यसका लागि अधिकार सम्पन्न बागमती सभ्यताबाट हामीले ८१ करोड बजेट छुट्याएर टेन्ड पनि गराइसकेका छौं । यसको दोहोरो फाइदा छ । जसरी असार २७ गते बाढी आएर यो क्षेत्र वितण्डा मच्चायो,  त्यसलाई पनि निकास दिन यो आयोजना महत्वपूर्ण छ । सहरी विकास मन्त्रालयले दायाँ–बायाँ गे्रनेज निर्माणका लागि १ करोड बजेट छुट्याइसकेको छ । डीपीआर, पुराना ढलह खोल्ने नयाँ ढलहरू व्यवस्था गर्ने भनेर । यो हनुमन्ते कोरिडोलाई बस्तीको सबै पानी खोलमा जाने, खोलाको पानी बस्तीमा नआउने मोडालिटीमा काम गर्दैछौं । 

अर्को दीर्घकालीन उपाय भनेको तीनकुनेबाट जडीबुटीसम्म सुरुङमार्ग निर्माण गर्ने हो । त्यसमा जापानिज सरकारले इच्छा देखाएको छ । त्यस्तै, सूर्यविनायकदेखि धुलिखेलसम्म ६ लेनको सडक निर्माण गर्ने कुरामा आउने जनवरीदेखि नै काम सुरु गर्ने भने जापानिज सरकारको ऋण सहयोगमा हामी काम गर्दैछौं । त्यसमा पनि पलासेँदेखि साँगासम्मको सुरुङमार्ग डिजाइन भएको छ । यसरी हेर्दा भक्तपुर प्रवेश पनि र बिदाइ पनि सुरुङमार्गबाट हुने अवस्था छ । 

यो त भयो सहरी क्षेत्रको योजना, ग्रामीण सडकको स्तरोन्नतीको कार्य के हुँदैछ ?

सूर्यविनायक नगरपालिका र चाँगु नारायण नगरभित्र ग्रामीण सडक विस्तारका लागि  १ सय १० वटा ग्रामीण सडक विस्तारको प्रक्रिया सुरु भइसकेको छ । भौतिक योजना मनत्रालयको रेड बुकमा राखेर १५ वटा ठूलो योजना सुरु गर्दैछौं । अबको ५ वर्षभित्र भक्तपुर सडक सञ्जालका हिसाबले सुविधा सम्पन्न हुनेछ । 

अव्यवस्थित सहरीकरण रोक्न नेपाल सरकारले ४ वटा नयाँ सहर निर्माण गर्ने उपत्यकाभित्र जुन नीति लिएको छ । स्मार्ट सिटी पनि भनियो । भक्तपुरमा २ वटा मनोहरा नदी आसपासका भक्तपुर र काठमाडौं क्षेत्रका भूभागमा  १ लाख रोपनीमा नयाँ सहर बन्दैछ । त्यस सहरमा हामीले वीर हस्पिटललाई ७ सय ५० रोपनी जग्गा दिएर, त्यहाँ सुविधामा सम्पन्न अस्पताल बनाउने भनेर डिजाइन भइरहेको छ । त्यसका लागि १२ करोडको बजेट छुट्याएर डीपीआर निर्माणको काम भइरहेको छ । 

नयाँ सहर निर्माणका लागि पनि १२ करोड छुट्याएर फिनल्यान्डको एउटा कम्पनी र नेपालको कम्पनीले डीपीआर बनाउने काम गरिरहेका छन् । 

त्यहाँ हामीले नगरकोट चाँगुननारायण जस्ता पर्यटकीय महत्वमा स्थल र भक्तपुर, मध्यपुरजस्ता परम्परागत नेवारी बस्तीलाई समेत संरक्षण गरेर अघि बढ्ने नयाँ सहर बनाउने, मनोहरा खोलामा मानव निर्मित ठूलो तलाउ निर्माण गर्नेलगायतका योजना समेटेर मोर्डन सहर डिजाइन गर्दैछौँ । 

बालकोटदेखि सूर्यविनायकसम्म १० हजार रोपनीमा अर्को आधुनिक सहर निर्माण हुनेछ । त्यहाँ चाहिँ दधिकोटमा विशालमा कभर्डहल निमाण गर्ने योजना तयार भइसकेको छ ।  भक्तपुरमा एउटा सानो प्रतियोगिता गर्दा पनि १० हजार दर्शक अट्ने ठाउँ पनि छैन । त्यसैले कभर्ड हल आवश्यक देखिएको छ । 

सूर्यविनायदेखि सिपाडोल, लगनखेल, चितापोल, सुडाल, ताथलीलगायतका यी ५ ठाउँमा भूभाग समेटेर अर्को नयाँ सहरको डीपीआर तयार गर्दैछौं र त्यहाँ ५० हजार क्षमताको रङ्गशालामा निर्र्माण हुनेछ । यो अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला हुनेछ । युवा तथा खेलकुद मन्त्रालयले जग्गाको पहिचान गरिसकेको छ र ३ वर्षभित्र यो सम्पन्न गरिसक्ने लक्ष्य छ । यो पनि एउटा निकै महत्वपूर्ण योजना हो । 

पर्यटन विकासका लागि के–कस्ता योजना बनेका छन् ?

बालकोटदेखि सूर्यविनायक खण्डमा सूर्यविनायकमा जुन जङ्गल छ । त्यहाँ प्राणी उद्यान केन्द्र खोल्दैछौं । मलाई लाग्छ यो एसियाकै मोडल हुनेछ । प्राणीहरूको संरक्षण गर्ने र पर्यटकीय हिसाबले महत्वपूर्ण हुनेछ । यसका लागि डीपीआर गरेर ५ अर्बको बजेट आइसकेको छ । 

५ हजार क्षमताको सिटी हल, सभागृह बनाउने भनेका छौं र त्यो चाहिँ नागरिक उड्डयन प्राधिकरणको १ सय ८९ रोपनी जग्गा गठ्ठाघरमा छ । त्यसमा सबै पर्यटन मन्त्रालयको सहमति, सहरी विकास मन्त्रालयले डिजाइन गरेर अगाडि बढाइसकिएको छ र ३३ करोड बजेटको व्यवस्थापनसहित १ वर्षभित्र प्रिफ्याक्स मोडलको बिल्डिङ बनाउने भनेर क्याबिनेटमा फाइल गइसकेको छ । 

यसरी ठूला आयोजनाहरू गर्न खोजिरहेका छौं । 

खानेपानीको समस्या भक्तपुरवासीका लागि ठूलो समस्या हो, यसको समाधानका लागि के गर्दै हुनुहुन्छ ?

मेलम्चीको खानेपानीको दुईवटा ट्याङ्की भक्तपुरमा बन्दैछ । एउटा ६५ हजार घनमिटरको पाण्डुबजारमा बन्दैछ भने अर्को बोेडेको टिगिनीमा ३५ हजारको बन्दैछ । पहिले यो चाहिँ भक्तपुर र मध्यपुर मात्रै यसको क्षेत्र तोकिएको थियो भने अहिले हामीले सूर्यविनायकमा पनि यसलाई छुट्याउँदैछौं । 

बलकोटदेखि कटुञ्जेसम्मको क्षेत्रमा मेलम्ची खानेपानीले पनि ४ करोडको बजेट छुट्याएर डीपीआरको प्रक्रिया अघि बढाएको छ । 

यसोगर्दा खानेपानीका परम्परागत मूलहरूलाई संरक्षण गरेर त्यसमार्फत उपयोग गर्ने कुरालाई पनि नेपाल सरकारल बजेट विनियोजन गरिरहेकै छ । त्यसमा पनि काम गरिरहेकै छौँ भने दीर्घकालीन रूपमा मेलम्चीको खानेपानीलाई पनि यो एरियामा समेट्ने हिसाबले अघि बढेका छौं । नयाँ सहर निर्माण हुँदा ढल, खानेपानी लगायत सबै पूर्वाधार निर्माण हुनेछ । त्यसका लागि नयाँ विकल्पहरूको खोजी गरिरहेका छौं । नयाँ सहर निर्माण हुँदा ५ लाख जनसङ्ख्या बढ्नसक्ने भएकाले हामीले बोरिङ गरेर मात्रै सम्भव नहुन सक्छ, त्यसका लागि आकाशेपानीको सङ्कलन गर्ने विधि उपयोग गर्नुपर्ने हुन्छ । 

त्यसले अकाशे पानी सङ्कलन गर्ने विधि अनुसार हामी सम्भाव्यता अध्ययन गर्दैछौं । ऊर्जाको व्यवस्थानपनका लागि प्रत्येक छतमा सोलार प्यानल राख्ने योजना छ । 

भक्तपुरको संस्कृति संरक्षणका लागि के गर्नुपर्ला ?

अहिलेका प्रधानमन्त्रीले यसअघिको कार्यकालमा प्रधानमन्त्री हुँदा सांस्कृतिक सहर निर्माण गर्ने भनेर अन्य नगरपालिकाभन्दा अतिरिक्त ५० करोड रुपियाँ बजेट भक्तपुर नगरपालिकालाई विनियोजन गरिदिनुभएको थियो । त्यो बजेटले भूकम्पमा जीर्ण भएका सम्पूर्ण मठ मन्दिर र प्राचीन स्मारक निर्माण गर्ने कुरामा धेरै सहयोग पुग्यो । भूकम्पबाट रिकभर हुने सहरमा भक्तपुर अघि रह्यो । व्यक्तिगत घरभन्दा पनि सांस्कृतिक र ऐतिहासिक धरोहर चाँडै निर्माण भए । 

त्यसैगरी मध्यपुर त्यो बेलामा छुट्यो । हामीले सम्झनुपर्ने कुरा भक्तपुर जति ऐतिहासिक छ,  मध्यपुरको पनि त्यस्तै सांस्कृतिक विशिष्टता छ । यसपालि हामीले सम्झनुपर्ने कुरा, मध्यपुरका पनि निलबाराहीदेखि दक्षिण बाराहीसम्मका भूूभागहरूलाई सांस्कृतिक नगरीका रूपमा विकास गर्दै यहाँको परम्परागत बस्तीहरूलाई बचाउने र यहाँका जात्रा पर्वहरू, पुराना मठमन्दिर, देवालय, बिहारहरूलाई बचाउने संरक्षण गर्ने भनेर २० करोड रुपियाँ पुरातत्वबाट प्रस्ताव गरेका छौं  । सम्भवत आउँछ । 

त्यस्तै निलबाराहीमा जातीय सङ्ग्रहालय निर्माण गर्ने विशेष गरेर नेवारी जातिको सङ्ग्राहलय बनाउने कला संस्कृतिलाई संरक्षण गर्ने र अरू सबै जातका पनि झल्को दिनेगरी राख्ने भनेका छौं, पर्यटन मन्त्रालयले १५ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । हामीले अरू चाहिँ त्यसको मास्टरप्लान बनाएर पयर्टन तथा संस्कृति मन्त्रालयबाट ५ करोडको प्रतिबद्धता पनि आएकको छ ।
त्यसो हुँदा यहाँभित्रको सांस्कृति पक्षलाई पनि त्यतिकै महत्व दिइरहेका छौं । 

तपाईंलाई विपक्षी दलहरू, स्थानीय र समाजसेवीहरूको कत्तिको सहयोग छ ?

भक्तपुरमा राजनीतिक संस्कार राम्रो छ । स्थानीय तहले पनि प्रभावकारी काम गरिरहेको छ । विरोध धेरै छैन । तर एउटा एजेन्डामा नेमकिपाका साथीहरूले असहमति राख्नुभएको छ । रङ्गशाला निर्माण गने विषयामा । 

यस विषयमा पनि नगरपालिका र स्थानीय जनतासँग छलफल भइरहेको छ । जग्गाधनीहरूसँग छलफल गरिरहेका छौं । उहाँहरूलाई भ्रममा राखिएको छ, जुन दुखद् छ । उहाँहरूको जग्गामा रङ्गशाला बनाउने भयो र राम्रो जग्गा खोसिने भयो भन्ने भय छ । वास्तवमा त्यस्तो होइन, त्यो चाहिँ अहिले आयोजना कार्यान्वयन हुने ५ वटा वडामा रहेका सरकारी जग्गालाई एकै ठाउँमा जम्मा गर्न मिल्छ, ल्यान्ड पुलिङको विधिले । त्यसो गर्दा २१ सय रोपनी जग्गा त्यहाँ सरकारी जग्गा छ  । हामीले बनाउने १ हजार रोपनीमा हो । जसको जग्गा पर्छ । उसलाई चाहिँ त्यही रङ्गशाला वरिपरिको विकसित घडेरी दिने हो । यो मोडलमा जाँदा उहाँहरूलाई घाटा हुँदैन । मलाई लाग्छ, अस्तीको छलफलपछि स्थानीयहरू क्लियर हुनुभएको छ । 

रङ्गशाला बन्दा घरहरू भाडामा जान्छ  । रङ्गाशलामा आउने सबैका लागि पसल तथा रेस्टुरेन्टको कमी हुन्छ । यस्तो अवस्थामा, हामीले रङ्गशाला वरिपरिका घरहरूलाई पार्किङ गर्न मिल्ने र खाजा खुवाउन मिल्नेगरी तयार गर्न लगाएका छौं ।  त्यसो गर्दा एउटा घरमा १ वा २ वटा गाडी तथा १०÷ १५ वटा मोटरसाइकल राख्न मिल्ने  गरी कम्पाउन्ड डिजाइन गर्नुभयो भने स्थानीयले होमस्टे पनि सञ्चालन गर्न सक्नुहुन्छ । पार्किङ गर्न, खाज खान वा बासै बस्नेगरी पनि पर्यटकहरू आउनसक्छन् । यसो, गर्दा स्थानीयलाई फाइदै हुन्छ । उहाँहरूबाट खासै विरोध नहोला । 
 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ