शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बिमस्टेकका भीभीआईपीलाई विशेषज्ञसहितको स्वास्थ्य सेवा, यी अस्पतालमा आकस्मिक उपचारको व्यवस्था

बुधबार, १३ भदौ २०७५, १२ : ४६
बुधबार, १३ भदौ २०७५

काठमाडौँ – बिहिबार र शुक्रबार हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा सहभागी विशिष्ट पाहुनालाई सरकारले विशेषज्ञ सहितको स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ । 

जसको लागि केही दिन पहिले स्वास्थ्य मन्त्रालयकी सचिव पुष्पा चौधरीको संयोजकत्वमा  १० सदस्सीय समिति गठन गरिएको थियो । सो समितिले सबै तयारी पूरा गरेको जनाइएको छ ।

आकस्मिक स्वास्थ्य उपचार सेवाको व्यवस्था वीर अस्पताल, त्रि.वि शिक्षण अस्पताल, निजामती अस्पताल, काठमाडौं मेडिकल कलेज, प्रहरी अस्पताल, पाटन अस्पताल, नेपाल मेडिसिटी अस्पताल, नर्भिक अस्पताल र  ग्रान्डी अस्पतालमा  मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका सूचना अधिकारी डाक्टर दिपेन्द्ररमन सिंहले स्वास्थ्य उपचारका लागि विमानस्थल, सम्मेलनस्थल र तोकिएको होटलहरुमा पनि भेन्टिलेटरसहितको एम्बुलेन्स र स्वास्थ्यकर्मीको टोली तयारी अस्थामा राखिएको जानकारी दिए । 

 जसको लागि जनरल फिजिसिय, सर्जन, अर्थोपेडिक सर्जन, एमडी जनरल प्राक्टिस्नर, एनेस्थेसियोलोजिस्ट, हेल्थ असिस्टेन्ट, ल्याब असिस्टेन्ट तथा नर्ससहितटोली खटाइएको पनि उनले जानकारी दिए । 

यसैबीच बिमस्टेकमा पब्लिक हेल्थ र औषधिको विषयमा पनि छलफल हुने मन्त्रालयले जनाएको छ । 

सूचना अधिकारी सिंहका अनुसार नेपालको स्वास्थ्य क्षेत्रको विषयमा खासै एजेण्डा नभए पनि यी दुई विषयमा छलफल हुने भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप