शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दुब्ला थिए युवक, बडी बनाउनका लागि लुटे प्रोटिन

बुधबार, १३ भदौ २०७५, ०८ : ३६
बुधबार, १३ भदौ २०७५

न पैशा, न गहनाका लागि । एउटा पसल लुटियो प्रोटिनका लागि । लुटमा संलग्न थिए २० वर्षका युवक जसको अनुमानित तौल ३५ किलो बताइन्छ । तर उद्देश्य लुटपाटका लागि बडी बनाउने थियो । कसैले उनलाई प्रोटिन खाए बडी बन्ने जानकारी दिए त्यसकारण आरोपी तीन साथीसहित प्रोटिन बेच्ने जिम शप पुगे र पसलेको कन्चटमा बन्दुक तेर्साएर लाखौंको प्रोटिन ब्याग लिएर फरार भए । पक्राउ पर्ने डरले पसलको सिसिटिभी र रेकर्डरपनि सँगै लिएर गए ।

घटना भारतस्थित रोहिणी सेक्टर–८ को प्रोटिन शपको हो । नर्थ रोहिणी पुलिसले घटनाबारे अनुसन्धान थालेको भारतीय समाचार एजेन्सीले बताएको छ ।

पुलिसको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘सोमबार दिउँसो अंकुश पसलमा थिए । त्यतिबेला एक दुब्ला पातला व्यक्तिले बडी बनाउने पाउडर मागे । अंकुशले यस्तो प्रोटिन खाँदा शरिरलाई नकारात्मक असर पुर्याउने बारे सम्झाउँदै आरोपीलाई यसका लागि जिम ट्रेनरको सल्लाह लिन आग्रह गरे । आरोपीले जिद्दी गर्न थाले तर अंकुशले यसो नगर्न सम्झाइरहँदा उनी त्यहाँबाट फर्किए ।’

‘त्यसको केही बेरमा आरोपी फर्किए र अंकुशलाई प्रोटिनको ब्रान्ड लेखेर दिन आग्रह गरे । जब अंकुश लेख्न थाले तब उनले अंकुशको हात समातेर उनको कञ्चटमा गोली तेर्साएर धम्की दिए । उनले यसो गरिरहँदा दुई साथी पसलमाम आएर लाखौंको प्रोटिन प्याकेट र औषधी लिएर फरार भए,’ पुलिसले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप