वितृष्णा फैल्याउनेहरुप्रति सचेत रहन प्रधानमन्त्री ओलीको आग्रह
काठमाडौं– प्रधानमन्त्री केपी ओलीले जनतामाथि वितृष्णा फैल्याउनेहरुप्रति सचेत रहन जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले कर निर्धारणमा सावधानी अपनाउन पनि स्थानीय जनप्रतिनिधिहरुलाई सचेत गराए ।
नेपाल नगरपालिका संघको छैठौं राष्ट्रिय अधिवेशनलाई मंगलबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नगरपालिकाहरुले जनताको सेवा, सुविधा र विकासको कामलाई अघि बढाए मात्रै मुलुकमा प्राप्त राजनीतिक बलियो हुने पनि स्मरण गराए । उनले जनप्रतिनिधिहरुलाई राजनीतिक पूर्वाग्रह त्यागेर अघि बढ्न पनि आग्रह गरे ।
प्रधानमन्त्री ओलीले उपभोग्य बस्तुमा आत्मनिर्भर हुनेगरी लगानी गर्न पनि स्थानीय जनप्रतिनिधिहरुलाई सुझाव दिए । उत्पादन र उत्पादकत्व बढाउन, रोजगारीको अवसर सृजना गर्न र उपभोग्य बस्तुमा आत्मनिर्भर हुने गरी सबै स्थानीय तहले लगानी केन्द्रित गर्नुपर्ने प्रधानमन्त्री ओलीको आग्रह छ । उनले विकास र समृद्धिका लागि उत्पादन बढाउनुपर्ने भएकाले सरकारले त्यसैमा लगानी केन्द्रित हुने गरी गतिविधि अघि बढाएको दावी पनि गरे ।
कार्यक्रममा प्रदेश ३ का मुख्य मन्त्री एवम् संघका अध्यक्ष डोरमणि पौडेल र वीरगञ्ज नगरपालिकाकी उपप्रमुख शान्ति कार्कीलाई सम्मान गरिएको थियो । पौडेलले संघलाई नेतृत्व दिएर स्थानीय सुशासन ऐन प्रबद्र्धनमा योगदान दिएको र ८८ वर्षीया कार्कीलाई नगरपालिकाहरुको जेष्ठ सदस्यहरुको रुपमा सम्मान गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा विपद् जोखिम न्यूनीकरण कर्णाली प्रदेश कार्यमञ्च गठन
-
बागमती सरकारलाई निजी अस्पतालको विवरण पेस गर्न निर्देशन
-
‘रातो किताब’ मा नभेटेपछि वडाध्यक्षले सांसदसँग मागे आफ्ना वडामा परेका योजनाका लिस्ट
-
‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट
-
टिपर दुर्घटनामा एक जनाको मृत्यु
-
रुसका सैन्य केन्द्रमा युक्रेनी हमला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण