संसदमा प्रधानमन्त्रीले भने– साथीहरुले लोकतन्त्रको सर्टिफिकेट मागेको सुन्दा छक्क पर्छु
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र कसैले किस्तीमा हालेर दिएको नभई संघर्ष गरेर प्राप्त गरेको उपलब्धि भएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले विपक्षी दलले सरकारलाई तानाशाहीको संज्ञा दिँदै गलत प्रचार गरेको भन्दै आपत्ति जनाए ।
‘यो लोकतन्त्र कसैले हामीलाई किस्तीमा हालेर दिएको होइन । दशाकौं संघर्ष गरेर हामीले नै हासिल गरेका हौं’, ओलीले भने, ‘तानाशाही दिनहरुमा सँगै जेल जिवन बिताएका साथीहरुले नै सरकारसँग लोकतन्त्रको सर्टिफिकेट मागेको देख्दा म छक्क पर्छु ।’
कतिले लि क्वान युले सिंगापुरलाई विकास गरेर उदाहरण प्रस्तुत गर्ने गरेको भएपनि आफू लोकतन्त्रप्रति विस्वास राख्ने व्यक्ति भएकाले लि क्वान जस्तो बन्न नसक्ने बताए ।
‘ लोकतन्त्रप्रति जीवनसमर्पित गरेको हुनाले मेरो अलि बढी आशक्ति पनि हुन सक्छ । म त्यसकारण विकासका लागि विक्वान जति कठोर हुन सक्दिन । हामी लोकतन्त्रको बाटो बाटै विकास हासिल गर्न सक्छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङमा रसिलो स्याउको ब्रान्डी बनाउने सरकारी उद्योग बन्द
-
तीन सय ५० सेवाग्राहीको घरमै राहदानी
-
किसानको पहुँचमा डिजिटल सेवा विस्तार गरिने
-
प्रतिनिधि सभामा नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत
-
आरोही उद्धार र स्वास्थ्य सेवा सुदृढ गर्दै सरकार
-
गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण