शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बेइजिङमा पत्रकार सम्मेलनमा चीनले भारतलाई दियो अर्को चेतावनी

बुधबार, ०४ साउन २०७४, ०९ : ०७
बुधबार, ०४ साउन २०७४


बेइजिङ-सीमामा जारी तनाव घटाउने हो भने भारतको आफ्नो सेना फिर्ता बोलाउनुपर्ने चीनले बताएको छ ।
भुटानसँ जोडिएको सीमामा भारतसँग भैरहेको तनावकावीच चीनले भनेको छ कि, यदि भारत सीमामा सेना पठाएर राजनीतिक उदेश्य पूरा गर्न चाहन्छ भने उस त्यसो नगरोस् । 
चीनले एक पटक फेरि आरोप लगाएको छ कि भारती सेनाले दुई देशको बीच निर्धातिर सीमाको अवैध तरिकाले पार गर्यो व भारतले आफ्नो सैनिक फिर्ता बोलाउनुपर्छ । 
विगत करिव ६ सातादेखि सिक्किमको डोकलाममा भारत र चीनको बीच सीमा विवाद भएको छ । दुवै देश सीमामा आफ्नो सैनिक बढाएका छन् । डोकलाम यस्तो जग्गा हो, जसलार्य लिएर चीन र भुटानकावीच पनि विवाद रहदै आएको छ ।
चीनका विदेश मन्त्रालयका प्रवत्ता लू काङले मंगलवार बेइजिङमा भएको प्रेस सम्मेलनमा भने, दि भारतीय निर्धातिर सीमामा सैनिक पठाएर राजनीतिक उदेश्य पुरा गर्न चाहन्छ भने चीन भारतसँग अपिल गर्छ उ यसो नगरोस् ।  
चीनका विदेश मन्त्रालयका प्रवत्ताले अगाडि भने, म भन्न चाहन्छु कि यो मामला तथ्य स्पष्ट छ । चीन भारत सीमाका सिक्किम सेक्टर निर्धाण्रा भैसकेको छ । जसलाई चीन र भारत दुवै मान्यता दिन्छन् । यस मामलामा भारतीय सैनिक अवैध तरिकाले चीनको क्षेत्रमा उपस्थिति भए ।
भारतीय भनाई छ कि, उसले पछिल्लो महिना यो क्षेत्रमा आफ्नो सैनिक पठाएको थिो किनभने यस क्षेत्रमा एक नयाँ सडकको निर्माण रोक्न सकियोस् ।  
चीन भारतवीचको यो विवादले अन्तराष्ट्रिय समुदायको पनि ध्यान खिचेको छ । 
हालै मिडियो रिपोर्टमा आएको थियो कि चीनले विदेशी अन्य कुटनीतिकसँग भनेको छ कि, उसले अहिलेसम्म धेरै धैर्य देखायो, तर यो सधैका लागि चाहीँ होइन । 
यस विषयमा सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयको प्रवत्ताले भने चीनमा रहेको कुटनीतिक नियोगहरु यो मामलालाई लिएर चासो राखेका थिए । उनीहरु कुटनीति तरिकाले तथ्यको जानकारी लिन चीनसँग आएका थिए । चीनको विदेश मन्त्रालय समान हितोका लागि ति कुटनीतिक च्यानलसँग नजिकको सम्बन्ध राख्छ ।
प्रवत्ताले अगाडि भने, हाम्रो जोड छ कि भारतको विद्यमान स्थितिको राम्रोसँग जानकारी हुनुपर्छ । तनाव बढ्न रोक्नका लागि भारतीय अवैध तरिकाले सीमा पार गर्ने सैनिक फिर्ता बोलाउनुपर्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप