ग्रेस इन्टरनेशनलले अष्ट्रेलियन शैक्षिक मेला गर्दै
काठमाडौं । उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको ग्रेस इन्टरनेशनलले भाद्र १३ गतेदेखि बृहद अष्ट्रेलियन शैक्षिक मेलाको आयोजना गर्ने भएको छ। ग्रेस इन्टरनेशनलको आयोजमामा यहि भाद्र १३ गते बुटवल १४ गते चितवन १५ गते पोखरा र १७ गते काठमाडौंमा बृहद अष्ट्रेलियन शैक्षिक मेला हुदैछ ।
कक्षा १२ उत्तिर्ण गरेका ब्याचलर मास्टर गर्न विदेश जाने योजना बनाइरहेका विद्यार्थीलाई अष्ट्रेलियाका कलेज तथा विश्वविद्यालयका प्रतिनिधि तथा ग्रेस इन्टरनेशनलका मान्यता प्राप्त अनुभवी शैक्षिक परामर्शदातृहरु द्वारा करियर काउन्सेलिङ सँगै विविध विषयमा परामर्श दिन यो शैक्षिक मेला आयोजना गरिएको आयोजकले बताएको छ ।
ग्रेस इन्टरनेशनलले गर्ने शैक्षिक मेला अन्य शैक्षिक संस्थाले गर्ने भन्दा बृहद र फरक हुने आयोजकको भनाइ छ । हाम्रो शैक्षिक मेलाले विद्यार्थीलाई विदेश जान प्रेरित गर्ने मात्र हैन, विद्यार्थीको करियर डेभलपमेन्ट कसरी गर्ने भन्ने विषयमा हुनेछ ।
यस पटकको शैक्षिक मेलालाई प्रविधिमैत्री बनाउँदै, पेपरको प्रयोगमा कमि ल्याउने छ साथै विद्यार्थीलाई डिजिटल प्रविधिको प्रयोग , शैक्षिक क्षात्रवृति, मेला स्थल मै भर्ना, विभिन्न बैंकहरुले दिने शैक्षिक ऋण , सिप संगै नेतृत्व बिकाश सम्बन्धि कार्यशाला शैक्षिक मेलाको बिशेष आकर्षणको रूपमा रहनेछ ।
यस शैक्षिक मेलामा अष्ट्रेलियाका २० भन्दा बढी विश्वविद्यालय तथा कलेजहरुको प्रत्यक्ष सहभागिता रहनेछ । जहाँ विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुले विद्यार्थीको शैक्षिक आर्थिक, भाषिक योग्यता हेरेर काउन्सेलिङ गर्नेछन् ।
शैक्षिक मेलामा विद्यार्थीले अष्ट्रेलियन शिक्षा, त्यहाँका विश्वविद्यालय, कलेजका बारेमा जानकारी पाउनेछन् । यसका अलावा विद्यार्थीले अष्ट्रेलियाको भिजा प्रक्रिया, लागत, त्यहाँका कलेज तथा विश्वविद्यालयले दिने छात्रबृत्तिका बारेमा पनि विशेष जानकारी हासिल गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’