बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

मानिसको पुर्खा बाँदर ठम्याउने डार्विनको सिद्धान्तको उत्पत्तिको रोचक कथा

सोमबार, ११ भदौ २०७५, १३ : ०४
सोमबार, ११ भदौ २०७५

सुप्रीत सैनी, द वायर
 

यो कथाका तीन पात्र छन् । तीनै जना बेलायतका हुन् र उनीहरू १९औं शताब्दीका नायक हुन् । यिनमा एक जना चाल्र्स डार्बिन हुन् । यो नामसँग त हामी परिचित नै छौं । तर बाँकी दुई जना इतिहासको पान्नामा कतै लुप्त भएर रहेका छन् । प्रस्तुत कथाबाट म १५० वर्ष पुरानो यो कहानी फेरि ताजा गर्न चाहन्छु । 

सुरु गरौं १८४० को दसकबाट । अल्फ्रेड वालेस र विलियम बेट्सन नामका दुई मित्र बेलायतमा बस्थे । दुईमा एक धुन सवार थियो । आफूलाई खाइरहेको एक जिज्ञासाको जवाफ खोज्ने धुन । त्यो जिज्ञासाको चुरो थियो प्रकृतिमा करोडौँ प्रकारका जीवजन्तु छन्, यी सब कहाँबाट आए ?

त्यो बेलाको दुनियाँ अहिलेभन्दा थोरै फरक थियो । सबै जीवजन्तुलाई ईश्वरले नै बनाएको र यस धर्तीमा राखिदिएको भन्ने थियो, सामान्य ज्ञान थियो । यो बुझाइ अनुरूप जीवजन्तु सधैँ आज देखिएको रूपमै थिए भन्ने थियो । तर वालेस र बेटसन यो जवाफबाट सन्तुष्ट थिएनन् । दुईले यस प्रश्नको उत्तर खोज्न दक्षिण अमेरिकी महादेश जाने र त्यहाँको जङ्गलहरूमा प्रकृतिको नजिक रहेर उत्तर खोज्ने निर्णय गरे । 

१९औं सताब्दीमा विज्ञानमा धनीहरू मात्र जीवन लगाउन सक्थे । एक सामान्य, मध्यमवर्गीय मानिस यो दिशमा आफ्नो जीवन बिताउन सक्दैनथ्यो । तर वालेस भने पुर्खौली सम्पत्ति भएका मानिस थिएनन् । 

आफ्नो वैज्ञानिक खोजको दौरान पाइएको दुर्लभ चीजहरूलाई सङ्ग्राहलय वा धनीहरूलाई बेचेर आएको रकमले उनी आफ्नो विज्ञानको शौख पूरा गर्थे । तर दक्षिण अमेरिकाको भ्रमणबाट उनलाई खास केही नतिजा आएन । 

दुवै मित्र केही वर्ष सँगै काम गरे । त्यसपछि आफ्नो आपसी मतभेदको कारण अलग–अलग काम गर्न तयार भए । बेटसन त्यहीँ लामो समय रहे तर वालेस १८५२ मा जहाजमा बेलायत फर्के । 

उनी आफूले एकत्रित गरेको हजारौं नमुनाहरू लिएर फर्किरहेका थिए । तर उनी चढेको जहाज महासागरको बीच आगलागीको शिकार भयो, उनको ज्यान त बच्यो तर उनले सङ्कलन गरेर ल्याएको सबै चीज तहसनहस भयो । 

वर्षौंको मिहिनेत व्यर्थमा गएको थियो । यसै कारण जब १० दिनपछि एक सानो डुङ्गामा तैरिरहेका वालेसलाई छेउबाट गइरहेको एक जहाजले बचायो । उनले निर्णय लिए, “अब कहिल्यै पनि पानीको यात्रा गर्ने छैन ।” हतास वालेस १८५२ मा कुनै हिसाबले ज्यान बचाएर बेलायत आइपुगे । 

तर मनुष्य अचम्मको जीव हो । जिद्दी छ, हठी छ साथै पुरानो कुरा भुल्न माहिर छ ! उनी फर्केको एक वर्ष मात्र भएको थियो, वालेसलाई एक प्रस्ताव आयो । 

विलियम बेटसन, चार्ल्स डार्विन और अल्फ्रेड वालेस

यो पटक एसिया र अस्ट्रेलियाको बीचको द्विपमा गएर त्यहाँबाट जीवहरूको नमुना खोजेर बेलायत पठाउने प्रस्ताव उनलाई आयो । उनी भित्रको वैज्ञानिकले यो सुनौलो अवसर पन्छाउन सकेन र उनले प्रस्ताव स्वीकारे । 

साथमा उनले आफ्नो पुराना प्रश्नहरूमा फेरि काम गर्ने यो सुनौलो मौका हुने सोचे । तर यो पटक जानुअघि उनले बेलायतका चर्चित प्रकृतिवादी चाल्र्स डार्विनलाई भेट्न उचित सम्झे । 

डार्विनसँग भेटेर उनले आफ्नो आगामी यात्रा र वैज्ञानिक जिज्ञासाबारे धारण व्यक्त गरे । डार्विन युवकबाट निक्कै प्रभावित भए । जब वालेसले उनलाई आफू जीवहरू कसरी बन्छन् भन्नेबारे अध्ययन गर्न चाहेको र डार्विनले समय समयमा उनको खोजहरूमा टिप्पणी दिन तयार हुनेछन् भनेर साधे डार्विन त्यसका लागि तुरुन्त तयार भए । 

वालेस धेरै खुसी भएर द्विप गए । उनले भनेको प्रश्नको जवाफमा डार्विन लगभग १५ वर्ष पहिले नै पुगिसकेका थिए । तर त्यो समयसम्म यो जवाफ उनको कपीहरूमा खेस्राकै रूपमा थियो । त्यसलाई उनले बाहिर ल्याएका थिएनन् । 

डार्विनको जन्म १८०९ मा भएको थियो । चर्चका पादरी र डक्टर बन्ने असफल प्रयासपछि उनी जीवनमा अलमलिरहेका थिए । त्यही बेला सन् १८३१ मा उनीसामु एक मौका आयो । यो अवसरले उनको मात्र होइन, सम्पूर्ण जीव विज्ञानको पूरा इतिहासलाई बदलिदियो । 

‘बिगल’ नामक जहाजका कप्तान फिट्जरायलाई एक साथीको आवश्यकता थियो । यताउता खोज्दा उनले डार्बिनको नाम सुने । परिवारले अनुमति नदिँदा नदिँदै पनि उनी लडेर जहाजमा जान तयार भए । 
छ महिनाको यो दूरी पाँच वर्षमा पूरा भयो र यो पाँच वर्षमा डार्विनले दक्षिण अमेरिका, अस्टे«लियाजस्ता स्थानमा धेरै जीवहरूको अध्ययन गरे । 

उनी आफू पुगेको स्थानका जीवहरूको अध्ययन गर्थे । जहाँ पनि उनी जान्थे एउटा कुरा उनी सधैं देख्थे । जहाँ जहाँ जस्तो रूपको जनावर थिए त्यहाँका पत्थरहरूमा सुरक्षित जीवाश्माका पनि वर्तमानका जनावरजस्तै देखिन्थे । 

तीनको आकार अलग हुँदा पनि शरीरको ढाँचा समान हुन्थ्यो । डार्विनलाई यसबाट यो कुरा महसुस भयो कि कुनै स्थानमा आज रहेका जीवहरूको त्यो स्थानमा लाखौं वर्ष पहिले रहेको जीवहरूसँग निश्चित सम्बन्ध हुन्छ । डार्विन यो अवलोकनबाट स्तब्ध थिए । 

उनी घुमेको स्थानमध्य सबैभन्दा महत्वपूर्ण दक्षिण अमेरिकाको पश्चिमी तटबाट केही टाढा रहेको गालापागोस द्वीप रह्यो । त्यहाँ पुगेका डार्विनले हरेक द्वीपमा रहेका चराहरू लगभग एक जस्तो देखे । तर तीनमा केही सामान्य फरक पनि थियो । कुनै द्वीपमा तिनको चुच्चो लामो हुनेगथ्र्यो त कतै पातलो । 

कुनै द्वीपमा तिनको छातीमा एक रङ्ग थियो त कुनैमा थिएन । चराहरूको साथसाथै स्थानीय मानिसहरूले त्यहाँको कछुवाको ढाडको बनावट हेरेर त्यी कुन द्वीपबाट आएको बताउन सक्ने बताए । अर्थात हरेक द्वीपमा अलग वनावट भएको कछुवा थिए । 

उनलाई प्रश्न आयो, यस्तो फरक किन ? फर्किएर जब उनले यो सब पुनः दोहो¥याएर सोचे तब विस्तारै विस्तारै केही विचार बन्न थाल्यो । 

जुन द्वीपमा खानका लागि बीउ थियो, त्यहाँको चराहरूको चुच्चो छोटो र बलियो थियो । जहाँका चराहरूलाई खानाका लागि फूलभित्रबाट रस लिनुपथ्र्यो त्यहाँको चराको चुच्चो चुच्चो थियो । 

अर्थात द्वीपहरूमा रहेका चराहरू आफ्नो आवश्यकताअनुसार फरक थिए । तब उनले सोचे कि निश्चय नै पहिले सबै द्वीप नजिक रहेको हुनुपर्छ र त्यहाँ एकै किसिमका चराहरू रहन्थे होला । समयको साथ जब द्वीप टाढा हुन थाले तब द्वीपमा खानका लागि बीउ थियो या त फूल ।

जहाँ बीउ थियो, त्यहाँका चराहरू जसको चुच्चो अरूको तुलनामा केही बलियो थियो होला, उसले खान पायो होला र जुन चराको चुच्चो कमजोर थियो होला ती भोकै मरे होला । यही कारणले बलियो चुच्चो भएको चराहरूले जब अघिल्लो पिढीलाई जन्म दिँदा उसको बच्चाहरूको चुच्चो आफ्नो आमाको जस्तो बलियो रह्यो होला ।

यस्तो जब हजारौं वर्षसम्म चलिरह्यो । तब विस्तारै विस्तारै त्यो स्थानबाट कमजोर चुच्चो भएको चराहरू लोप भए होला । यही कारणले हरेक द्वीपमा आफ्नो वातावरण अनुकूल रहने चराहरूको विस्तार भयो र बाँकी लोभ भएर गए । 

डार्विनले यो विचरलाई ‘थियोरी अफ नेचुरल सेलेक्सन’ अर्थात ‘प्राकृतिक छनौटको सिद्धान्त’ भने । मूल रूपमा यो विचार उनको दिमागमा सन् १८६० को दशकको अन्तसम्म आइसकेको थियो । यो कुरा उनको व्यक्तिगत कपीहरूमा लेखेको लेखहरूबाट थाहा पाइन्छ । 

तर डार्विनले दुई मित्रहरूको अतिरिक्त यो विचार कसैलाई पनि बताएका थिएनन् । यसको कयौँ कारण थिए ।

पहिलो यो तत्कालीन समाजमा अस्वीकार्य विचार थियो । सार्वजनिक जीवनमा समेत चर्चको कसिलो नियन्त्रण रहने उक्त समय यस्तो विचार राख्नेलाई कडा सजाय हुने बलियो सम्भावना हुन्थ्यो । 

दोस्रो डार्विन यसबारेमा एक ठूलो किताब लेखिरहेका थिए । उनी यो विचार सबै प्रमाणहरूको साथमा संसार अघि प्रस्तुत गर्न चाहन्थे । यसका लागि उनलाई समय चाहिन्थ्यो । 

तेस्रो, डार्विन आफ्नी श्रीमतीलाई एकदम माया गर्थे र उनकी पत्नी धार्मिक प्रवृत्तिकी थिइन् । डार्विन आफ्नो विचारबाट आफ्नो पत्नीको धार्मिक विचारलाई ठेस पु¥याउन चाहँदैन थिए । 

यसको नतिजा के भयो भने प्राकृतिक चयनको सिद्धान्तबारेमा डार्विन र उनको दुई साथीहरू मात्र जान्दथे । 

यो सबबाट अन्जान वालेस काममा लागिरहेका थिए । अचम्मको कुरा यो भयो कि डार्विनलाई गालापागोस द्वीपमा जुन विचार आएको थियो, वालेसलाई ठीक त्यही विचार एसियाको द्वीपमा आयो । 

आफ्नो खोजको बारेमा लेख लेखेर उनले बेलायत पठाए र एकदम आतुरताका साथ उत्तर पर्खन थाले । जबाफ त आयो तर त्यसमा लेखिएको थियो, ‘उल्टो–सीधा कुरा सोचेर बस्नुको साटो आफूलाई दिइएको काममा ध्यान दिनू’ । उनलाई जीवहरूको नमुना सङ्कलन गर्न पठाइएको थियो । जब कसैले उनको कुरालाई गम्भीरतापूर्वक लिइएन तब हार मानेर उनले डार्विनलाई एक चिठ्ठी लेखे । 

यो चिठ्ठीमा उनले आफ्नो दिमागमा आएको विचारको विवरण दिए र डार्विनको सल्लाह मागे । चिठ्ठी पढेर डार्विन आश्चर्यमा परे, स्तब्ध भए । उनलाई एक क्षण त विश्वास पनि भएन कि हजारौँ किमि टाढा बसेको वालेसले आफूले बीस वर्षअघि निकालेको निष्कर्ष निकालेका थिए भनेर । 

उनलाई अब डर लाग्न थाल्यो । वर्षौंको उनको मिहिनेतका लागि कतै वालेसले मात्र श्रेय पाउनेछन् कि भनेर । के गर्ने भन्ने सोच्न नसकेर उनले आफूले आफ्नो विचार बताएको दुई सार्थीहरू चाल्स लयेल र जोसफ हुकरसँग सल्लाह मागे । तीनले पत्र पढेपछि समस्या गम्भीर मान्दै एक प्रस्ताव राखे । 

उनीहरूले डार्विन र वालेससँग वेलायतमा हुन लागेको एक चर्चित वैज्ञानिक सम्मेलनमा एकै दिन दुवैको नतिजाहरू संसार अघि राख्न भने । डार्विन र वालेस दुवै सहमत भए । १८५९ मा भएको सम्मेलनमा दुवै पत्र पढियो । दुभाग्र्यवश दुवै त्यहाँ उपस्थित थिएनन् । 

वालेस हजारौं किमि टाढा आफ्नो अध्ययन गरिरहेका थिए र डार्विन आफ्नी सन्तानको मृत्युमा शोक मनाइरहेका थिए । 

पत्र पढिएको अर्को वर्ष डार्विनको किताब ‘अन ओरिजिन अफ स्पेसिस’ प्रकाशित भयो । प्रकाशनको १५० वर्षभन्दा बढी समय भएर पनि यो किताब आज पनि छापिने र पढिने क्रम जारी छ । 

यसमा डार्विनले सरल भाषामा प्राकृतिक छनौटको सिद्धान्त के हो बताएका छन् । यही सरलताको कारण यो पुस्तक पढ्न जीव विज्ञानमा विशेषज्ञ हुन आवश्यक छैन । 

डार्विन र वालेसको सिद्धान्तको मूल रूपमा तीन स्तम्भ छन् । 

पहिलो विविधता : एक प्रजातिमा कुनै पनि रूप (जस्तो आँखा, कान, इत्यादी) मा विविधता हुन्छ । यो कुरा हामी आफ्नो वरपर हेरेरै भन्न सक्छौं । जस्तो केही मानिसहरू अग्ला हुन्छन् केही होचा ।

दोस्रो हो प्रतिस्पर्धा : हर एक क्षेत्रफलले एक सीमित जनसङ्ख्यालाई सम्हाल्न सक्छ । यदि जनसङ्ख्या बेहिसाब बढ्न थाल्यो भने सबै त्यहाँ रहन सक्दैनन् । केही जीवहरूलाई त्यहाँबाट जानुपर्छ । यसैले जनसङ्ख्यामा प्रतिस्पर्धा हुन्छ–आफ्नो क्षेत्रमा रहनका लागि । 

तेस्रो हो, छनौट । प्रतिस्पर्धाका कारण उक्त स्थानमा बाँकी रहने जीवहरू घट्छन् । 

जब यो प्रक्रिया हजारौं वर्षसम्म फरक फरक स्थानमा चल्छ, तब नयाँ जीवको उत्पत्ति हुन्छ । 

डार्विनले उनको यो विचार र किताबका लागि निक्कै आलोचना सामना गर्नुप¥यो ।

अब यो कथामा आउँछन् तेस्रा पात्र बेटसन । उनीलाई कथाको सुरुमा हामीले वालेससँगै दक्षिण अमेरिका गएको र वालेस फर्के पनि त्यही बस्न थालेको अवस्थामा छाडेका थियौं । 

डार्विनको पुस्तक छापिँदा पनि बेटसन दक्षिण अफ्रिकामै थिए । उनले त्यहाँ डार्विनको पुस्तकको चर्चा सुने । उनी डार्विनको विचारबाट निक्कै प्रभावित भए । उनले आफ्नो द. अमेरिकाको बसाइको क्रममा अध्ययन जारी राखेका थिए । उनले आफ्नो अध्ययनबाट डार्विनको सिद्धान्तको पक्षमा कयाँै प्रमाणहरू पठाए । 

यसमध्ये एक उल्लेखनीय छ । बेटसनले द अमेरिकाको बसाइको क्रममा त्यहाँको जङ्गलमा कयाँै प्रकारका पुतलीहरू देखे । त्यसमध्ये केही विषालु थिए भने केहीमा विष थिएन । परिणामस्वरूप विषालु पुतलीलाई कुनै जीवले केही गर्दैन थियो तर विष नभएको पुतलीलाई भने अर्कोले खाइदिन्थे । 

तर यो बीच केही रमाइलो घटना बेटसनले अवलोकन गरे । जुन पुतली विषालु थिएनन् तिनले जब नयाँ पुतलीलार्ई जन्म दिन्थे तब उनीहरूको रङ थोरै अलग हुन्थ्यो । (पहिलो सिद्धान्त, विविधताको अनुकूल) । यस्तोमा जुन नवजात पुतलीको रङ्ग विषालु पुतली जस्तो देखिन्थ्यो, तिनीहरू विषालु नभए पनि कसैले खाँदैनथे । 

यसरी विस्तारै सबै पुतली एउटै रङ्गका देखिन थाले । अर्थात् बाँकी मारिएर सकिँदै गए । विचरा पुतली खाने जीव कुन विषालु कुन अविषालु थियो छुट्याउन सकिरहेका थिएनन् । 

जब बेटसनले यो किस्सा लेखेर डार्विनलाई पठाए तब डार्विनले प्राकृतिक चयनको सिद्धान्तको यो भन्दा उत्कृष्ट उदारहरण आफूले नदेखेको बताए ।

बेटसन दक्षिण अमेरिकामा धेरै वर्ष रहे । फर्किनु पहिलेसम्म उनले लगभग दस हजार जीवहरूको विवरण दिइसकेका थिए । त्यसमध्य कयाँै त मानिसहरूले कहिल्यै देखेका थिएनन् ।

उता वालेसले पनि डार्विनको पुस्तकको चर्चा सुने । आफूहरू दुवैको पत्र एकै दिन बाहिरी संसारमा ल्याइएको भए पनि उनले बडो इमानदारिताका साथ डार्विन आफूभन्दा पहिले नै आफूहरू दुई पुगेको निष्कर्षमा पुगिसकेको स्वीकारे । वैज्ञानिक दुनियाँमा यस्तो कमै देखिन्छ, जहाँ एक वैज्ञानिकले मनैबाट अर्को वैज्ञानिक श्रेय दिएको होस् । वालेसले आफ्नो जीवनकालमा एउटामा मात्र पुस्तक लेखे । त्यसको नाम पनि ‘डार्विनिज्म’ थियो । 

निक्कै पछिसम्म प्राकृतिक चयनलाई निक्कै ढिलो प्रकृया मानिन्थ्यो, हजारौँ वर्ष लाग्ने खालको । खासमा यसको कयौँ उदाहरण हामी वरिपरि नै छ । 

यसमा सबैभन्दा चर्चित छ– जीवाणु (व्याक्टेरिया)हरूको प्रतिरोध । जब बिसौं शताब्दीको सुरुवातमा एन्टिबायोटिक्सको आविष्कार भयो । सबैले जीवणुले लगाउने रोगहरू अन्त्य हुने सोचेका थिए । तर केही वर्षमै जीवाणुले एन्टिबायोटिकसँग लड्न र त्यसलाई नष्ट गर्न सिके । 

अहिले आएर अवस्था यस्तो भएको छ कि एन्टिबायोटिक आएको केही वर्षमै जीवाणु त्योसँग लड्न सक्षम हुन थालेका छन् । यस्तो डार्विन र वालेसको प्राकृतिक छनौटको सिद्धान्तको कारण नै भएको हो । 

यसलाई सम्झिन यसरी सोच्नुस्– सुरुवातमा जीवाणु एन्टिवायोटिकबाट मारिन्छन् तर प्रजननको दौरान पैदा भएका नयाँ जीवाणु अलग देखिन सक्छ । 

यस्तो अलग जीवाणुमा यदि एन्टिवायोटिकसँग लड्ने शक्ति आएमा तब उसले जन्म दिने नयाँ जीवाणुसँग पनि एन्टिीवायोटिकसँग लड्ने क्षमता हुन्छ ।

जति पनि जीवणु एन्टिवायोटिकसँग लड्न सक्दैनने ती मर्छन् । यो उदाहरण प्राकृतिक छनौटको सिद्धान्तको हो । यो हाम्रैअघि नै चलिरहेको छ । 

डार्विन र वालेसपछि लगभग १५० वर्षमा जीव विज्ञानले निक्कै प्रगति गरिसकेको छ । हामीले आज गरिरहेको प्रगतिहरू डार्विन र वालेसले थाहा पाए कति खुसी हुन्थे होलान् । तर यो प्रगतिसम्म आइपुग्न धेरैको योगदान रहेको छ । तीमध्ये डार्विन र वालेसको योगदान झनै महत्वपूर्ण रहेको छ ।
 

अनुवाद : श्रवण उप्रेती
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप