शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘किड क्विन नेपाल–२०१८’ का प्रतिस्पर्धीले देखाए ट्यालेन्ट

सोमबार, ११ भदौ २०७५, १२ : ५०
सोमबार, ११ भदौ २०७५


काठमाडौं – नेप्लीज फेसन होमले आयोजना गरेको बालिका तथा किशोरीहरुको सौन्दर्य तथा प्रतिभा प्रदर्शन गर्ने प्रतियोगिता ‘किड क्विन नेपाल–२०१८’ का प्रतिस्पर्धीले आआफ्ना ट्यालेनट देखाएका छन् । 

आइतबार बागबजारस्थित हेल्लो क्याफेमा आयोजित ट्यालेन्ट शोमा १८ जना प्रतिस्पर्धिहरुले आ–आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । प्रतियोगितामा सहभागि काठमाडौंका विभिन्न विद्यालयमा अध्ययनरत बालिका तथा किशोरीहरुमध्ये अधिकांशले ट्यालेन्ट शोमा नृत्य प्रदर्शन गरे । केही प्रतियोगीले गायन समेत पस्किएका थिए । 

फोटोग्राफर शिवलाल श्रेष्ठ, उद्यमी उज्वल कृष्ण श्रेष्ठ, अञ्जु श्रष्ठ, रेडियोकर्मी चन्द्रमणि गौतम, मोडलहरु सरिशा श्रेष्ठ, सृष्टि शाक्य, खेलकर्मी अशोक श्रेष्ठ, बैंकर प्रविणा रावल आदि निर्णायक ट्यालेन्ट शोमा रहेका थिए । 

१५ औं संस्करणको किड क्विन नेपाल–२०१८ को ग्रँन्ड फिनाले भदौ १६ गते शनिवार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा आयोजना हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप