बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेत्री स्वेता खड्का बिरामी

सोमबार, ११ भदौ २०७५, १२ : ४८
सोमबार, ११ भदौ २०७५

काठमाडौं – अभिनेत्री स्वेता खड्का बिरामी परेकी छन् । उनले सामाजिक संजालमार्फत  छालाको इन्फेक्सनले गर्दा बिरामी परेको जानकारी दिएकी हुन् । 

आफैँले निर्माण गरेको पछिल्लो चलचित्र ‘कान्छी’को अमेरिकामा प्रदर्शन गरेर केही दिन पहिले मात्र उनी स्वदेश फर्किएकी स्थिइन् । 

उनले फेसबुकमा लेखेकी छन् ‘अमेरिकामा मेरो फिल्मको स्क्रिनिङ सकेर फर्केपछि मलाई कुनै प्रकारको छालाको इन्फेक्सनले समात्यो । यहि कारण डाक्टरले मलाई ब्रेक लिन सुझाब दिएका छन् ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप