शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विमस्टेकका सबै राष्ट्रसँग नेपालको व्यापार घाटामा, उद्योगमा लगानी प्रतिबद्धता दुई देशको मात्र

सोमबार, ११ भदौ २०७५, १२ : १९
सोमबार, ११ भदौ २०७५

काठमाडौँ । प्राविधिक र आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासमा (बिमस्टेक)  आबद्ध सबै देशसँग नेपालको व्यापार घाटामा गएको छ । बिमस्टेकमा नेपालसहित सात वटा देशको संलग्नता छ ।

गत आर्थिक वर्षमा  (२०७४/०७५)  भारतसँग नेपालको व्यापारघाटा सबैभन्दा बढी छ । भारतसँगमात्र ७ खर्ब ६४ अर्ब रुपैयाँ व्यापार घाटामा रहेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

थाइल्याण्डसँग १३ अर्ब १० करोड रुपैयाँ व्यापार घाटा छ भने बङ्गलादेशसँग नेपालको ३ अर्ब ७० करोड रुपैयाँ व्यापार घाटामा रहेको छ ।

यता म्यानमारसँग  ४ अर्ब ११ करोड रुपैयाँ ब्यापार घाटामा छ भने भुटानसँग १ अर्ब ५६ करोड रुपैयाँ व्यापार घाटामा छ । श्रीलंकासँग भने ३० करोड रुपैयाँ व्यापार घाटामा रहेको भन्सार विभागले जनाएको छ । 
अर्थविद डा. शंकर शर्मा बिमस्टेक राष्ट्रहरुसँग व्यापारघाटा कम गर्न अहिलेनै सम्भव नभएकाले आगामी भदौ १४ र १५ गते हुने बिमस्टेक सम्मेलनमा उर्जा, बुद्धिष्ट सर्किट जस्ता विषयमा एक्सन प्लान बनाएर नेपाललाई अगाडी बढ्ने अवसर रहेकाले सो सम्मेलनलाई नेपालले भरपुर प्रयोग गर्नुपर्ने बताउँछन्  ।

 रु. हजारमा

स्रोत : भन्सार विभाग

गत आवमा बिमस्टेकका दुई राष्ट्रबाट मात्र लगानी प्रतिबद्धता 

बङ्गलादेशबाट उद्योगमा ७ करोड ८० लाखको लगानी प्रतिबद्धता आएको छ । यता भारतबाट ५ अर्ब ९ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ ।  गत आर्थिक वर्षमा ५५ अर्ब लगानी प्रतिबद्धता आएकोमा बिमस्टेक राष्ट्रमा बङ्गलादेश र भारतबाट मात्र लगानी प्रतिबद्धता आएको हो । 

'बिमस्टेकलाई सार्कको विकल्प बनाइनुहुन्न'

उद्योग विभागको तथ्याङ्कलाई हेर्ने हो भने चालु आर्थिक वर्ष (२०७५/७६) को पहिलो महिनामा भने थाइल्याण्डको पनि लगानी प्रतिबद्धता आएको छ । थाइल्याण्डले उद्योगमा ५० लाखको लगानी प्रतिबद्धता जनाएको छ । यस अवधिमा बंगलादेशले ५० लाख र भारतले ७३ करोड ६० लाख रुपैयाँको लगानी प्रतिबद्धता जनाएको उद्योग विभागले जनाएको छ । अर्थविद प्रा. डा डिल्लीराज खनाल यी देशबाट लगानी ल्याउन सम्मेलनमार्फत् पहल गर्नुपर्ने तर्क गर्छन् ।

चालु आवको पहिलो एक महिनामा २ अर्ब ८ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ । यो महिना विभिन्न १७ वटा देशबाट लगानीको प्रतिबद्धता आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप