शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

१६ साइकल बोकेर एक चिनियाँले यसरी चलाए स्कुटर

आइतबार, १० भदौ २०७५, १७ : १९
आइतबार, १० भदौ २०७५

एजेन्सी । चीनमा एक मानिसले १६ साइकललाई अनौठो तरिकाले बोकेर सहरीमार्गमा स्कुटर चलाइरहेको भिडियो बाहिर आएको छ । 
भिडियो चीनको गुवाङदोङ प्रान्तको जीयाङ् सहरमा खिचिएको हो । भिडियोमा ती मानिस कुदिरहेको स्कुटरमा एक ठूलो भाटालाई काँधमा राखेर त्यसको दुबै तर्फ आठ–आठ वटा साइकल झुण्ड्याइएको देखिन्छ । 
उक्त मानिसले आफ्नोको भार अड्याउनको लागि एक मात्र पाखुरा प्रयोग गरेका छन् ।
थप खोज गर्दा स्कुटर चालक सहरको एक साइकल सेयरिङ सेवाको श्रमिक रहेको पत्ता लागेको छ । सो समय उनले ती साइकलहरु आफू काम गरिरहेको संस्थाको भण्डारण लगिरहेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप