शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

१६ बुँदे घोषणा पत्र जारी गर्दै एनआरएनए मध्यपूर्व क्षेत्रीय भेला सम्पन्न

आइतबार, १० भदौ २०७५, १६ : २७
आइतबार, १० भदौ २०७५

युएई– ‘सुरक्षित र मर्यादित वैदेशिक रोजगारी हाम्रो सरोकार : ज्ञान,सीप,बिप्रेषण र उध्यमशिलता समृद्धिको आधार’ भन्ने मुल नारासहित शुरू भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व क्षेत्रीय भेला १६ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।

नेपाल सरकारका खानेपानी मन्त्री बिना मगरको प्रमुख आथित्यमा दुवइमा गत अगष्ट २३ मा शुरू भएको खाडी राष्ट्र अन्तर्गत मध्यपूर्वका १२ वटा देशहरुमा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए)का प्रतिनिधि र नेपाली श्रमिकहरुको उपस्थिति रहेको थियो । भेलाले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्या्िदत बनाउनुका साथै शून्य लागतमा कामदारलाई पठाउने सरकारी नीतिलाई प्रभावकारी बनाउनु पर्ने निश्कर्ष निकालेको छ ।

भेलाले शून्य लागतमा वैदेशिक रोजगारमा पठाउने नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयनका लागि सम्बन्धित मुलुकसँग यथाशीघ्र श्रम सम्झौता गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । नेपाली कामदारलाई नेपाली दूतावासबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था,मलेसिया लगाएत खाडीका जेलमा रहेका कामदारको यथाशीघ्र कानुनी प्रतिरक्षा गर्नुका साथै कोमामा रहेका नेपाली कामदारलाई स्वदेशमा ल्याई उचित स्वास्थ्य उपचारकोे प्रबन्ध मिलाउनु पर्ने ,वैदेशिक रोजगारीबाट फर्केकाहरूको दक्षता परीक्षण गरी १० लाख रुपैयाँ ऋण दिने सरकारको नीतिलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उल्लेख छ ।

वैदेशिक रोजगारबाट फर्किएका महिलाहरूलाई देशमै पुनस्र्थापनाका लागि प्रशिक्षण तथा रोजगारीको कार्यक्रम सञ्चालन गर्नुपर्ने ,एक हजारभन्दा बढी महिलाहरू कार्यरत देशमा आवश्यकता अनुसार संंरक्षण गृह बनाउन नेपाल सरकारलाई आग्रह समेत गरेको छ ।

वैदेशिक रोजगारलाई व्यवस्थित गर्न परराष्ट्र, श्रम र गृह मन्त्रालयबीच समन्वय प्रभावकारी बनाउन एकीकृत विद्युतीय सूचना प्रणाली लागू गर्न अनुरोध गर्ने,विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिन सर्वोच्च अदालतको आदेशलाई कार्यान्वयन गर्न सरकारलाई अनुरोध गर्ने,मलेशिया लगाएत युएईको दुबई, लेबनान र इराकमा महावाणिज्य दूतको कार्यालय तथा कानुनतः पाँच हजार नेपाली कामदार रहेको देशमा श्रम सहचारी स्थापनाका लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

भेलामा  पूर्वश्रममन्त्री तथा नेपाली काग्रेसका नेता रमेश लेखक, युएईका लागि कार्यबाहक राजदूत सागर फुँयाल,गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्ट, गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने श्रम मन्त्रालयका सहसचिब बिपिन आचार्य लगायतको सहभागिता रहेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप