शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

संसदमै स्तनपान गराएर इतिहास बनाएकी सांसदद्वारा दोहोरो नागरिकता प्रकरणमा राजीनामा

मङ्गलबार, ०३ साउन २०७४, २२ : ०४
मङ्गलबार, ०३ साउन २०७४

सिड्नी – संसद भवनमा नै स्तनपान गराएर इतिहास बनाएकी अस्ट्रेलियाकी एक सांसदले दोहोरो नागरिकता लिएको विषयमा राजीनमा दिएकी छिन् ।

माइनर ग्रिन्स पार्टीबाट सांसद बनेकी लरिसा वाटर्सको जन्म क्यानडामा भएको थियो । अस्ट्रेलियाको संविधान अनुसार दोहोरो वा दुईवटा नागरिकता भएका व्यक्तिले फेडरल अफिसका लागि लड्न नपाउने व्यवस्था छ ।

शुक्रबार नै ग्रिन पार्टीका अर्का सांसद स्कट लुडलामले पनि दोहोरो नागरिकताको विषयमा नै राजीनामा दिएका छन् ।

वाटर्सले अस्ट्रेलिायको संसद भवनमा स्तनपान गराउने पहिलो महिला राजनीतिज्ञ बनेर चर्चा कमाएकी थिइन् ।

वाटर्सले लुडलामको मुद्दा पछि मात्र आफूले पनि यसबारे थाहा पाएको बताइन् । लुडलाम न्युजिल्याण्डको नागरिक भएको पत्ता लागेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप