बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

१० लाख लुट्न स्वास्थ्यचौकीका कार्यालय सहयोगीको हत्या, चारजना पक्राउ

शनिबार, ०९ भदौ २०७५, १६ : ४२
शनिबार, ०९ भदौ २०७५

बैतडी ।  दार्चुला मार्मा गाउँपालिका– १ गुल्जर स्वास्थ्यचौकीमा कार्यरत ४६ वर्षीय अङ्गवीरसिंह ठगुन्नाको हत्या आरोपमा प्रहरीले आज चार जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मार्मा गाउँपालिका– १ का धर्म सिंह धामी, गणेश ठगुन्ना, देवकी ठगुन्ना र करनसिंह ठगुन्ना रहेका छन् ।

“पक्राउ परेका चारै जनालाई अनुसन्धानका लागि पक्रेका छौँं ”जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बोहराले भने,“अनुसन्धानपछि पुष्टि भए कानून बमोजिम कारवाही हुन्छ” 

मार्मा गाउँपालिका– वडा नं १ घोल्जर घर भई गुल्जर स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगी ठगुन्नाको भदौ ४ गते रातिको समयमा घरमै हत्या भएको थियो । हत्या गरिएका ठगुन्नाको साथमा रहेको रु १० लाखसमेत हत्याराले लुटेर लगेको बताइएको छ । 

ठगुन्ना एक्लै घरमा सुतिरहेका बेला हत्या भएको हो । ठगुन्नाका श्रीमती छोरा तराईतिर बस्ने र ठगुन्ना एक्लै घरमा बस्ने गरेका थिए । तराई पठाउनका लागि जम्मा गरेको रु १० लाखकै कारण ठगुन्नाको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । दार्चुला सदरमुकामबाट घटनास्थल एक दिनको पैदल दुरीमा छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप