शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पुष्पलाल लोकमार्ग सडक निमार्णका २ अर्ब ७ करोड बजेट विनियोजन

शुक्रबार, ०८ भदौ २०७५, १३ : ४९
शुक्रबार, ०८ भदौ २०७५

काठमाडौँ । मध्य पहाडी पुष्पलाल लोकमार्ग सडक खण्ड निर्माणका लागि सरकारले बजेट विनियोजन गरेको छ ।  

सो लोकमार्ग निर्माणको लागि अर्थ मन्त्रालयले २ अर्ब ७ करोड बजेट विनियोजन गरिएको हो । 

प्रदेश नम्बर १ को तेह्रथुम जिल्लाको बसन्तपुर— म्यागलुङ मध्य पहाडी पुष्पलाल लोकमार्ग सडक खण्ड कालोपत्रको लागि बजेट विनियोजन गरेको मन्त्रालयले जनाएको हो ।

राष्ट्रिय गौरबको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको बसुन्तपुर—म्याङलुङ खण्ड अन्तर्गत तेह्रथुम जिल्लाको सदरमुकाम र कोशी राजमागी जोड्ने सडकको अवस्था खराब भएकोले २ लेन स्तरको कालोपत्रे गर्नको लागि बजेट विनियोजन गरिएको मन्त्रालयद्वारा जारी गरिएको पत्रमा उल्लेख गरिएको छ ।

आगामी ३ वर्ष भित्रमा २ लेन स्तरको कालोपत्र सम्पन्न गर्नुपर्नेछ । 


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप