बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बन्ने भो फिल्म ‘ब्ल्याक एयर’

शुक्रबार, ०८ भदौ २०७५, १३ : ४०
शुक्रबार, ०८ भदौ २०७५

काठमाडौं – फिल्म ‘ब्ल्याक एयर’को शुभ–मुर्हूत गरिएको छ । बिहिबार काठमाडौंको मैतीदेवी मन्दिर परिसरमा एक कार्यक्रम गर्दै निर्माण युनिटले चलचित्रको मुर्हूत गरेको हो । 

चलचित्र विकास बोर्डका पुर्व सदस्य तथा कलाकार उत्तम केसीलाई अतिथि बनाउदै शुभमुर्हूत गरिएको चलचित्रको १० गतेदेखि छायाँकन सुरु हुनेछ । 

सुरेन्द्र बुढाथोकी र रश्मी शाहको रोमान्स रहने चलचित्रमा उकेश पनेरु, अनुपा खड्का, देव सागर, पवन भट्टराई लगायत कलाकारको समेत अभिनय रहनेछ । 

भुकम्पले एउटा परिवारलाई पुर्याएको क्षतिका बिषय केन्द्रित चलचित्रको काठमाडौं र ललितपुरमा छायाँकन हुनेछ । चलचित्र लक्षु गौतमले निर्देशन गर्न लागेकी हुन् । 

फोकस आउट मिडिया प्रा.लीको ब्यानरमा निर्माण हुने उक्त चलचित्र भुकम्प गएको दिन पारेर २०७६ बैशाख १२ गते प्रर्दशनमा ल्याउने निर्देशक गौतमले जानकारी दिइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप