बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

फ्राइडे रिलिज : ‘नाइँ नभन्नू ल–५’ भर्सेज ‘रेनी’

शुक्रबार, ०८ भदौ २०७५, ११ : ४२
शुक्रबार, ०८ भदौ २०७५

काठमाडौं – ‘नाई नभन्नु ल ५’ र ‘रेनी’ आज शुक्रबारबाट प्रदर्शनमा आएका चलचित्र हुन् । फ्राइडे रिलिज अन्तर्गत यी दुबै चलचित्र एकसाथ  आएका हुन् । दुबै चलचित्रले देशभर एक अर्कँेसँग व्यावसायिक प्रतिस्पर्धा गर्नेछन् । 

‘नाइँ नभन्नू ल–५’
‘नाई न भन्नु ल’को यो पाँचौ शृंखला हो । गीत संगीत र ट्रेलरका कारण रिलिज अगावै दर्शकमाझ प्रतिक्षित बनेको ‘नाइँ नभन्नू ल–५’ लाई विकासराज आचार्यले निर्देशन गरेका हुन् । निर्माण पनि उनकै रहेको छ । अभिनेत्री प्रियंका कार्की, नीरुता सिंह, दीलिप रायमाझी, केकी अधिकारी, स्वस्तिमा खड्का र बाल कलाकार अनुभव रेग्मी लगायतको अभिनय चलचित्रमा देख्न सकिन्छ । बाल कलाकारमा सेड्रिना शर्मा र अभिनेता  अभिषेक पनि यो चलचित्रबाट अभिनयमा डेब्यु गरेका छन् । इलाम र झापालाई कथाको पृष्ठिभूमि बनाइएको चलचित्र वान टाइम सिनेमाको ब्यानरमा बनेको हो । हरिबोल भण्डारी र गौरी जोशी निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा दिनेश पोखरेल, पुरुषोत्तम प्रधान  र विष्णुमणी दाहाल रहेका छन् । निर्देशक आचार्य र पत्रकार सामिप्यराज तिमिल्सेनाको लेखन चलचित्रमा छ ।

‘रेनी’ 
त्रिकोणात्मक प्रेमकथाको जनरामा निर्माण गरिएको ‘रेनी’ लाई गिरिश रिजालले निर्देशन गरेका हुन् । बिमला मल्ल र सञ्जिव मल्लको निर्माण रहेको चलचित्रमा सरोज खनाल, सनम मल्ल, दीपक ढकाल, सुरवीर पण्डित, रमेश लम्साललगायतका कलाकारले अभिनय देख्न सकिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप