वाणगंगा नगरकार्यपालिकाले पूर्णता पायो
चुरामणि अर्याल
कपिलवस्तु– कपिलवस्तुको वाणगंगा नगरकार्यपालिकाले मंगलवार पूर्णता पाएको छ । मेयर अध्यक्ष, उपमेयर उपाध्यक्ष, वडा अध्यक्ष र मनोनित सदस्य सहित वाणगंगा नगरपालिका २२ सदस्यीय भएको छ ।
२२ सदस्यीय समितिमा नेकपा एमालेवाट उपाध्यक्ष सहित १६ जना सदस्य परेका छन । यो संगै वाणगंगा नगरकार्यपालिकामा एमालेको वर्चश्व देखिएको छ ।
कार्यपालिकाको पुर्णताको लागि मंगलबार निर्बाचन भएको थियो । महिला, दलित तथा अल्पसंख्यकको तर्फबाट निर्वाचित सदस्यहरुले मंगलबार नै पद तथा गोपनियताको सपथग्रहण गरेका छन् ।
मुख्य निर्वाचनको कार्यालयले सदस्यको निर्वाचनका लागि मनोनयनको दर्ता गर्दा कांग्रेस माओवादी तालमेलले संयुक्त मनोनयन दर्ता र एमालेले एक्लै गरेको थियो ।
मंगलवार भएको निर्वाचनवाट ५ महिला सदस्य र ३ दलित तथा अल्पसंख्यक सदस्यहरु सम्पूर्णमा नेकपा एमाले विजयी भएको हो ।
महिला सदस्यतर्फ टीका अधिकारी,सरिता देवि ढकाल,.गिता भुसाल,.सावित्री थारु र केशरा गुरुङ्ग साथै दलित तथा अल्पसङखेक सदस्यमा कृष्ण बहादुर बि.क., पुर्णकला सुनार र योगनाथ सुनार बिजयी भएको मुख्य निर्वाचन अधिकृत तुल्सीराम मरासिनिले जानकारी दिए ।
कार्यपालिका सदस्य पदमा निवार्चित भएका सदस्यहरुलाई मुख्य निर्वाचन अधिकृत तुल्सीराम मरासिनिले प्रमाण पत्र वितरण तथा सपथ ग्रहण गराउनु भएको छ ।
वाणगंगा नगरपालिकाको प्रमुखमा मंगल प्रसाद थारु र उपप्रमुखमा चक्रपाणि अर्याल चुनिएका हुन । कार्यपालिकालाइ स्थानीय तहको मन्त्रिपरिषदका रुपमा हेर्ने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दशजना शेर्पाको टोली एकैसाथ सगरमाथाको चुचुरोमा
-
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षणमा समेत बिचौलियाको बिगबिगी
-
हाम्रो औकात, क्षमता र आवश्यकता अनुसार खेलकुदको योजना बनाउँछौँ : मुख्यमन्त्री कँडेल
-
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
-
नर्सिङ सुन्दरीले देखाए ट्यालेन्ट
-
आठौँ पोखरा स्पोर्ट्स अवार्ड : वर्ष उत्कृष्ट खेलाडी अर्जुन र सुस्मिता