केन्द्रीय संस्करण

जापानमा होटल ब्यवसाय गर्दै आएका नेपाली मृत भेटिए

person access_timeसाउन ३, २०७४ chat_bubble_outline0

गुल्मी– जापानमा ४ वटा रेस्टुरेण्टका सञ्चालक तथा जापानमै जग्गा किनेर घर बनाउने पहिलो गुल्मेली  ५५ वर्षीय भीमलाल खरेल जापानकै एक खोला किनारमा मृत फेला परेका छन् ।  गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्वर ७, साविकको रुपाकोट–९ दम्कुवा घर भएका खरेल सोमबार विहान जापानको एक खोलामा मृत भेटिएको त्यहाँ रहेका नेपालीले जानकारी दिए ।  

जापानको टोकियास्थित मिनामीसेन्जु भन्ने शहरमा फुलवारी रेष्टुरेण्टका चार वटा ब्राञ्च सञ्चालन गर्दै आएका खरेल आइतबार साँझ जापानको स्थानीय समयअनुसार साढे ८ वजेतिर  घर नजिकैको  फुलवारी  रेष्टुरेण्टबाट अर्को  रेष्टुरेण्टतर्फ जाँदै जाँदै गरेको उनका दाजु शेषकान्त खरेलले बताए । मृतककी श्रीमती हरिकलासँग फोनबाट जानकारी गराएअनुसार त्यस साँझ साढे ९ वजेतिर उनको फोन बन्द भईसकेको थियो ।

राती अवेरसम्म नभेटिएपछि विहान प्रहरीलाई खबर गरेपछि त्यहाँको एक खोला किनारमा शव फेला परेको थियो । उनको मृत्यु रहस्यम रहेको त्यहाँको सम्पर्कमा रहेका दाजु शेषकान्त घरेलले बताए । उनले भने–‘भाइको साथमा पैसा नभएको बुझिएको छ । अन्य परिचय खुल्ने कागज  पनि उनीसँग नभएपछि एक जना ग्राहकको पर्चीबाट शवको पहिचान भएको बताइएको छ । जापानको प्रहरीले सीसीटीभी फुटेजको माध्यमबाट उनको रहस्यमय मृत्युको अनुसन्धान गरी रहेको जानकारी  परिवारजनलाई दिएको छ । यो भन्दा बढि बोल्न सक्ने अवस्थामा छैनौं हामी ।’

मुम्वईको कोठीदेखि जापानको निजी महलसम्मको यात्रा 

२२ वर्ष अघिदेखि जापानमा बस्दै आएका खरेलको त्यसअघिको मजदुरीको कथा पनि सामान्य परिवारका नेपाली शहरकै थियो । करिव ८ वर्ष भारतको मुम्वईमा मजदुरी गर्दा गर्दै होटललाई लाइनको काम सिकेर जापान पुगेका थिए । त्यहाँ पुगेर  विभिन्न मजदुरी गर्दा गर्दै खरेलपछि फुलवारी रेष्टुरेण्ट सञ्चालन गर्न थाले । त्यसलाई क्रमशः बृद्धि गर्दागर्दै  रेष्टुरेण्टको संख्या चार वटा पुराए । अन्ततः जापानमा जमिन किनेर घर बनाउने पहिलो नेपाली बने । 

उनका दाजु शेषकान्तकै आँकलनमा उनले एक अर्व भन्दा बढि सम्पत्ति कमाएका छन् । जापानमा आलिशान महल, महङ्गा महङ्गा गाडी शानदार चार वटा रेष्टुरेण्ट, भएका खरेलले चितवनको भरतपुरमा दुई वटा आलिशान महल र थुप्रै जग्गा समेत किनेका छन् ।

यता, गुल्मीको दम्कुवामा पनि उनले प्रशस्त खेत किनेका छन र घर पनि बनाएका छन् ।  यी सवै जोरिएको सम्पत्ती जोड्दा २२ वर्षे जापानी यात्रामा उनले एक अर्व भन्दा बढि कमाएको पाईएको उनका दाजु शेषकान्तले बताए । स्वर्गीय खरेल रुपाकोट र तुराङ्गका शैक्षिक र अन्य सामाजिक क्षेत्रका सवै भन्दा ठुला दानविर भनेर चिनिदै आएका थिए । 
 

प्रेम सुनार

प्रेम सुनार रातोपाटीका जिल्ला संवाददाता हुन् ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ