शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आकाश र विल्सनको आश्मासँग रोमान्स

बिहीबार, ०७ भदौ २०७५, १२ : ४५
बिहीबार, ०७ भदौ २०७५

काठमाडौं – १९ असोजबाट देशभर प्रदर्शनमा आउने चलचित्र ‘ड्रिम गर्ल’ को नयाँ गीत ‘फूल टिपेर’ सार्वजनिक भएको छ । प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले प्रचार प्रसारलाई तिबै बनाउन गीत रिलिज गरेको हो । 
गीतमा चलचित्रका मुख्य कलाकार आकाश श्रेष्ठ, विल्सन विक्रम राई, आश्मा गिरी देखिएका छन् । आकाश र विल्सनले आश्मासँग रोमान्स गरेको यो गीत राम्रो लोकेसनमा छायाँकन गरिएको छ । 

आकाश, विल्सन र आश्माको अलवा अर्जुन श्रेष्ठ, सरोज खनाल, लक्ष्मी गिरी, निर्मल शर्मा, सुरविर पण्डित लगायतका कलाकारको मुख्य अभिनय रहेको चलचित्र ऋषिराज आचार्यले निर्देशन गरेका हुन् । 

अर्जुन शर्मा, ऋषिराज आचार्य, रामेश्वर धितालको लगानीमा तयार भएको चलचित्रमा अर्जुन पोखरेलको संगीत, सम्राट बस्नेतको एक्सन, राहुल राई र रामेश्वर हुमागाँइको छायांकन, गम्भिर बिष्टको नृत्य नविन निरौलाको सम्पादन रहेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप