शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दलितको मुद्दा उठाउन नपाएको भन्दै मायावतीद्वारा राज्यसभाबाट राजीनामा

मङ्गलबार, ०३ साउन २०७४, १८ : ११
मङ्गलबार, ०३ साउन २०७४

नयाँ दिल्ली – बिएसपी पार्टीकी अध्यक्ष मायावतीले राज्यसभाको सदस्य पदबाट राजीनामा दिएकी छिन् । उत्तर प्रदेशमा दलितमाथि भइरहेको ज्यादतीबारे बोल्नका लागि पर्याप्त समय नदिएको भन्दै सदनबाट बाहिरिएकी मायावतीले केही घण्टापछि राजीनामा दिएकी हुन् ।


आफ्ना समर्थकहरुका साथ राज्य सभाकी महासचिव शमशेर शर्रिफको कक्षमा स्थानीय समयअनुसार ५ बजे पुगेकी उनले राजीनामा पत्र प्रस्तुत गरेकी थिइन् ।


समाचार एजेन्सी एनएआईसँग कुरा गर्दै मायावतीले भनिन्, ‘यदी सत्तारुढ दलले मलाई बोल्न दिँदैनन् भने मैले राजीनामा दिनु नै उचित हुन्छ ।’


उनले यसअघि राज्यसभाका उपसभामुख पिएजे कुरिएनले आफूलाई बोल्न समय नदिएको आरोप लगाएकी थिइन् ।


उनको राजीनामा स्वीकृत हुन भने अझै बाँकी रहेको छ ।


युपीकी पूर्व मुख्यमन्त्रीसमेत रहेकी मायावतीलाई दलितको मुद्दा उठाउन कुरिएनले ३ मिनेटको समय दिएका थिए । तर, उनले त्योभन्दा समय लिएपछि उपसभामुखले उनलाई रोकेका थिए । यसबाट रुष्ट बनेकी मायावती राजीनामा दिने धम्की दिँदै सदनबाट बाहिरिएकी थिइन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप