भकम्प प्रभावित ५ जिल्लाका विद्यालयमा आइसिटी सेन्टर स्थापना
काठमाडौं – नेपाल टेलिकमले भूकम्प अति प्रभावित ६ जिल्लामा सूचना प्रविधी केन्द्र स्थापना गरेको छ । भूकम्पवाट प्रभावित ५ जिल्लाका सामुदायीक विद्यालयमा सूचना प्रविधी केन्द्र (आईसिटी सेन्टर) स्थापना भएको जनाइएको छ ।
टेलिकमले विद्यालयहरुलाई कम्प्युटर, प्रिन्टर सहित आवश्यक उपकणका साथै मासिक ३० जीवी डाटा भोलुम भएको इन्टरनेट सेवा २ बर्षसम्म निशुल्क उपलब्ध गराएको जनाएको छ । टेलिकमले भोजपुरको शारदा मावि, बनेपाको रत्नचुण्ढेश्वर मावि, ओखलढुंगाको सगरमाथा मावि, नुवाकोटको कन्यादेवी आधाभूत विद्यालय, रामेछापको सेतीदेवी माविलाई आवश्यक सहयोग सहित आइसिटी सेन्टर स्थापना गरिदिएको जनाएको हो । यस्तै, सोलुखुम्वुको जीवन ज्योती माविलाई पनि आवश्यक उपकण जडान तयारीमा रहेको जनाएको छ ।
गत आर्थिक बर्षमा पनि पशुपति मावि चरिकोट दोलखा, ज्ञानमन्दिर नमुना मावि सिन्धुपाल्चोक, दशरथचन्द मावि धादिङ, रसुवा मावि धुन्चे रसुवा विन्द्रावति उच्च मावि गोरखामा आइसिटी स्थापना गरेको छ । टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तदायीत्व अन्र्तगत काठमाडौं, ललितपुर र भक्तपुर बाहेक भूकम्पवाट अति प्रभावित ११ जिल्लाका विद्यालयमा आइसिटी स्थापना गर्ने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नेता खुमबहादुरको योगदान अतुलनीय छ : सभापति देउवा
-
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज काठमाडौँमा
-
राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गर्छौं : मन्त्री भण्डारी
-
नाउपाभित्र खैलाबैला : दामोदर पनि रेशमको लाइनमा उभिएपछि एक्लिन् रञ्जिता
-
विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्याउने शिक्षा अध्यापन गराउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन