लोकतन्त्रलाई मागी खाने भाँडो बनाइन्न : प्रधानमन्त्री ओली
बुधबार, ०६ भदौ २०७५, १३ : ५२

मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई आफूले मागी खाने भाँडो नबनाउने दृढता व्यक्त गरेका छन् ।
प्रदेश नं १ का विभिन्न कार्यक्रमका सिलसिलामा आज पथरीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पाटीका (नेकपा)अध्यक्ष ओलीले आफ्नो सरकार र पार्टी लोकतन्त्रलाई सजिव बनाउन इमान्दार र सक्रियरुपमा लाग्ने विश्वास व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री ओलीले भने, ‘समृद्धिको यात्रा अघि बढिसकेको छ, यो रोकिनेवाला छैन, यसमा सबैको सहयोग आवश्यक छ ।’
कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री वर्षमान पुन, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिगको जितपछि पेरिसमा प्रहरी र पीएसजीका समर्थकहरूबिच झडप
-
राज कटुवाललाई भेटेपछि किन रोए युवती ?
-
भारी वर्षा र पहिरोका कारण सिक्किममा १ हजार ५०० पर्यटक अलपत्र
-
चैते धानको मूल्यमा मनपरी, एमाले निकट महासङ्घले दियो सरकारलाई आन्दोलनको चेतावनी
-
गाजामा सहायता केन्द्रमा भागदौड हुँदा २१ जनाको मृत्यु
-
बचतकर्ताको रकम हिनामिना गर्ने बैँकका अधिकृत पक्राउ