शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दिलाशा भइन् छैठौं मिस नेपाल युएसए

बुधबार, ०६ भदौ २०७५, १३ : २७
बुधबार, ०६ भदौ २०७५

डलास (टेक्सस) – छैठौं ‘मिस नेपाल युएसए २०१८’को ताज नेब्रास्का निवासी २४ वर्षीय दिलाशा न्यौपानेले जितेकी छन् । 

१६ प्रतियोगीलाई पछि पार्दै उनले उपाधि हात पारेकी हुन् । कार्यक्रममा शीर्ष उपाधिका साथ उनले मिस एकाडेमिक एक्सीलेन्स अवार्ड समेत हात पारिन् ।

टेक्सस शहरमा १९ अगस्टमा एक भब्य कार्यक्रमसहित सम्पन्न  प्रतियोगीतामा फस्टरनरअफ टेक्ससकी २२ वर्षीय पोसा घर्तीमगर चुँनिदा सेकेण्ड रनरअपको उपाधि कोलोराडोकी २१ वर्षीय कृति ढुंगेलले हात पारिन् । घर्तीमगरले मिस पर्सनालिटी, मिसकल्चर र मिस फ्रेन्डली विधामा समेत अवार्ड जित्न सफल भइन् । 

प्रतियोगितामा टेक्ससकी आयशा ओझा मिस पब्लिक च्वाइस बनिन् । सोर्वे फाउण्डेशनको सद्भावना दूत समेतको अवसर हात पारेकी आयशाले मिस सोशल एक्सिलेन्सको समेत अवार्ड चुमिन् ।

यसैगरी अदीति श्रेष्ठले मिस डिसिपिलिन, निलिया गुरुङले मिस फोटोजेनिक, विना श्रेष्ठले मिस क्याटवाक, स्वीकृती भट्टराईले मिस ट्यालेन्ट र वियन्का अधिकारीले मिस नेपाल टेक्ससको उपाधि हात पारे । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप