शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बुधबार एकैदिन ४ करोड ४१ लाख कित्ता सेयर सूचीकृत, हिमालयन बैंकको सबैभन्दा बढी

बुधबार, ०६ भदौ २०७५, १३ : २२
बुधबार, ०६ भदौ २०७५

काठमाडौं–नेपाल स्टक एक्सचेन्जमा एकै दिन ४ करोड ४१ लाख ७२ हजार ८८६.२ कित्ता सेयर सूचीकृत भएको छ । 
यसमा सबैभन्दा बढी हिमालयन बैंकको १ करोड ६२ लाख २९ हजार ५९ कित्ता बोनस सेयर बुधबार सूचीकृत भएको हो । लामो समयदेखि हिमालयन बैंकको बोनस सेयर सूचीकृत नहुदा लगानीकर्ताहरुमा चासो थियो । अन्ततः बैंकको बोनस सेयर सूचीकृत भएको छ । 
एनएमबी बैंकको १ करोड १५ लाख १६३ कित्ता एफपिओ, सिद्धार्थ बैंक्को ९५ लाख ५६ हजार ५६४ कित्ता बोनस सेयर सूचीकृत भएको छ । कर्णाली विकास बैंकको ३ लाख ९७ हजार ५०० कित्ता हकप्रद सेयर, माउन्ट काबेली विकास बैंकले ९ लाख १२ हजार ९१२ कित्ता सेयर सूचीकृत गराएको छ । यता, भार्गव विकास बैंकको २१ लाख १२ हजार २०० कित्ता हकप्रद सेयर, हाम्रो विकास बैंकले ३ लाख ३४ हजार ८८८ कित्ता बोनस सेयर सूचीकृत गराएका छन् । 
यस्तै दुइ माइक्रोफाइनान्स मिर्मिरे लघुवित्त वित्तिय संस्थाले १ लाख ३८ हजार ६०० कित्ता बोनस सेयर र सुर्योदय लघुवित्त वित्तिय संस्थाले ७६ हजार कित्ता बोनस सेयर सूचीकृत गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप