शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्पका वकिलको अदालतसामू स्विकारोक्तिः पोर्न स्टारलाई चुप गराउन राष्ट्रपतिले पैसा दिन भनेका थिए

बुधबार, ०६ भदौ २०७५, १३ : २१
बुधबार, ०६ भदौ २०७५

बीबीसी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका पूर्व वकिल माइकल कोहेनले म्यानहटन कोर्टमा आफूले चुनाव अभियानसँग जोडिएका वित्तिय नियमको उल्लंघन गरेको स्विकारेका छन् ।

कोहेनका अनुसार उनले ‘उम्मेद्वार’ को निर्देशनपछि यस्तो गरेको र यसको उद्देश्य ‘चुनावलाई प्रभावित गर्नु’ थियो ।

ट्रम्पको वकिलको यो बयान त्यो मामलासँग जोडिएको छ जसमा एक महिलालाई ट्रम्पसँगको सम्बन्धलाई गोप्य राख्नका लागि पैसा दिइएको थियो ।

५१ वर्षीय कोहेनले आठ गड्बडीलाई स्विकार गरेका छन् जसमा कर र बैंकको हिनामिना संलग्न छ ।

मंगलबार पश्चिमी भर्जिनियामा पहिले नै तय भएको र्यालीमा डोनल्ड ट्रम्पले कोहेनसँग जोडिएको प्रश्नलाई नजरअन्दाज गरेका थिए । ह्वाइट हाउसले पनि यो मामलामा प्रतिक्रिया दिन अस्विकार गरेको छ ।

अदालतमा के भयो ?

कोहेनले भनेका छन्, ‘मलाई ‘एक उम्मेद्वार’ ले संघीय चुनावको कानूनलाई नजरअन्दाज गर्न निर्देशन दिएका थिए । ’ कोहेनले भनेका ‘एक उम्मेद्वार’ डोनल्ड ट्रम्प नै भएको दाबी गरिएको छ ।

यसका लागि ५१ वर्षका कोहेनले ६५ वर्षसम्म जेलमा बिताउनु पर्ने सम्भावना छ । यद्यपी, न्यायाधिस विलियम पाउलेले उनलाई अधिकतम पाँच वर्ष तीन महिनाको सजायँ हुनसक्ने बताएका छन् ।

कोहेनलाई यी मामलामा दोषी ठहराइयोः

– पाँच पटक कर ठगी

– एक पटक आर्थिक संस्थानलाई झुटो बोलेको

– एकपटक जानीजानी वित्त संस्थालाई गलत तरिकाले चन्दा दिएको

– उम्मेद्वारले भनेपछि एकपटक गलत तरिकाले अभियान चलाएको

अदालतले सजायँको घोषणा डिसेम्बर १२ मा गर्नेछ । उनलाई तत्कालका लागि जरिवानापश्चात् रिहा गरिएको छ ।

कोहेनको स्विकारोक्तिपछि अदालतले जब उनलाई ‘के तपाईंले रक्सीको मातमा वा कुनै लागुऔषधको प्रभावमा  त अपराध स्विकार्नु भएको होइन ? ’ भन्ने प्रश्न सोध्यो तब उनले उत्तरमा भने, ‘मैले हिजो राती खानासँग एक ग्लास सिंगल मल्ट स्कच पिएको थिएँ ।’

न्यूयोर्कको दक्षिण जिल्लाका सरकारी वकिल रोबर्ट खुजामीले भने, ‘कोहेनले जे गरे त्यो बिल्कुल गलत हो । उनले पेशाको अपमान गरेका छन् । उनी सोच्थे कि उनी कानूनभन्दा माथि छन् तर अब यसका लागि उनले मूल्य चुकाउनु पर्छ ।’

‘कोहेनको गलत कदममाथि पछिल्ला केही दिनदेखि अनुसन्धान चलिरहेको छ । उनले पछिल्लो पाँच वर्षमा आफ्नो कमाई पनि लुकाएका छन् । उनले नक्कली बिल पनि पेश गरेका थिए,’ रोबर्ट खुजामीले भने ।

के हो मामला ?

पोर्न स्टार स्टोर्मी डेनियल्सले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग आफ्नो सम्बन्ध भएको दाबी गरिरहेकी छिन् ।

वाल स्ट्रिट जर्नलमा छापिएको एक खबर अनुसार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका वकिल माइकल कोहेनले सन् २०१६ मा राष्ट्रपति चुनाव अघि स्टोर्मीसँग एक लाख ३० हजार डलरको सम्झौता गरेका थिए ।

खबरमा दाबी गरिए अनुसार उक्त सम्झौता अनुरुप स्टोर्मीले ट्रम्पसँगको आफ्नो सम्बन्धबारे सार्वजनिक रुपमा केही पनि बोल्ने छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप