शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महिला हिंसासम्बन्धी उजुरी काठमाडौंबाट धेरै

बुधबार, ०६ भदौ २०७५, १३ : १४
बुधबार, ०६ भदौ २०७५

पार्वती खड्का 
काठमाडौं– ‘उही बेरोजगार छ उसैलाई पाल्नु छ । उसैको हातबाट दिनदिनै कुटाई खानुपर्छ ? यो गुनासो थियो रञ्जिता थापाको । महिला आयोगको भवनभित्र श्रीमानप्रतिको गुनासो यसरी पोख्दै थिइन् उनी ।

श्रीमानबाट हुने दिनहुँको यस्ता हिंसा सहन नसकेर उनी महिला आयोगको शरणमा पुगेकी थिइन् । काठमाडौंको गोकर्णकी उनको अहिले श्रीमानसँग सम्बन्ध बिच्छेदको प्रक्रियामा छिन् । सुरुमा आयोगले  मिलापत्र  गरेर सम्बन्धलाई कायम राख्न सुझायो र त्यसैमा जोड पनि दियो । तर, रञ्जिता र उनका श्रीमान सँगै नबस्ने नै निर्णय लिएपछि सम्बन्धबिच्छेदको प्रक्रिया अघि बढेको हो । 

पेशाले शिक्षिका रहेकी रञ्जितालाई  विवाह गरेपछि पनि आफ्नै कमाइले घर धान्नुपर्ने दायित्वले छोडेन । ११ वर्षअघि प्रेम विवाह गरेकी उनी भन्छिन्, ‘शुरुशुरुमा त राम्रै थियो पछि हेला गर्न थाल्नूभयो, घर व्यवहार सम्हाल्दा–सम्हाल्दै पनि  श्रीमानले कुटपिट गर्न थाल्नुभयो । अति भएपछि घरपरिवारकै सहयोग र सल्लाहामा  डिभोर्स गर्ने निधो गरेको हुँ ।’

रन्जिता त उदाहरणमात्रै हुन्, आयोगमा यस्तै महिला हिंसासँग सम्बन्धित उजुरीहरुको चाङ छ । आयोगमा उजुरी आएपछि सकेसम्म मिलापत्र गराउने प्रयास गरिन्छ । मनोसामाजिक परामर्श  दिइन्छ । महिला आयोगकी मुद्दा व्यस्थापक तथा अधिवक्ता विमला खड्काले पीडितलाई नेपाल बार एसोसिएसन, कानूनी परामर्श सहायता केन्द्र जस्ता संस्थाको सहयोगमा कानुनी सेवा समेत उपलब्ध गराउँदै आएको बताइन् । 

कति परे आयोगमा उजुरी ?

आर्थिक वर्ष २०७४–०७५ मा आयोगमा महिला हिंसासम्बन्धी ७६६ वटा उजुरी दर्ता भएका छन् ।  जसमा ३९ पीडितले सम्बन्ध बिच्छेद गरे भने ४७ उजुरी मेलमिलापमा टुंगिएको महिला आयोगका सचिव अनिल ठाकुरले जानकारी दिए । अरु उजुरी अहिले पनि आयोगमै थन्किएर बसेका छन् । 

ठाकुरका  अनुसार, सोहि आर्थिक वर्षमा काठमाडौंका मात्रै ५३ प्रतिशत उजुरी दर्ता हुन आएका थिए । ललितपुरबाट ७ प्रतिशत, भक्तपूरबाट ४ प्रतिशत र अन्य जिल्लाबाट ३६ प्रतिशत उजुरी दर्ता भएको उनले जानकारी दिए । 

अहिले काठमाडौं, भक्तपुर, ललितपुर र नुवाकोटलाइ समेटेर महिला आयोगले विश्व बैंकको सहयोगमा हेल्पलाइन राखेको  छ ।

यदी कोहि महिला घरेलु हिंसामा परिहाले भने सेवा लिन सकून् भनेर यो सेवा विस्तार गरिएको आयोगले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप