बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बाँकेमा सामूहिक नमाज पाठ

बुधबार, ०६ भदौ २०७५, १२ : ५८
बुधबार, ०६ भदौ २०७५

नेपालगञ्ज– इद—उल—अजहा (बकरइद) को अवसरमा बाँकेका मुस्लिम धर्मावलम्बीहरुले आज बिहान नेपालगञ्जस्थित इदगाहमा सामूहिक नमाज पाठ गरेका छन् ।  बकरइद पर्व इस्लाम धर्मावलम्बीहरुको इदपछिको दोस्रो ठूलो पर्व हो ।

इदगाहमा नयाँ पहिरनमा उपस्थित इस्लाम धर्मावलम्बीहरुले बकरइद पर्वलाई आपसी भाइचारा, धार्मिक सहिष्णुता र एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले मनाएका छन् । नमाज पाठपछि त्यहाँ उपस्थित सबैले आपसमा अङ्कमाल गरी बकरइदको शुभकामना आदानप्रदान गरेका थिए । शुभकामना दिन इदगाहमा नेपालगञ्ज उपमहानगरपालिका प्रमुख डा.धवलशम्शेर राणा, विभिन्न राजनीतिक दलका स्थानीय नेतागण, नागरिक समाजका अगुवालगायतको उपस्थिति थियो । 

सामूहिक नमाजका लागि इदगाह पुग्नुभएका शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै विविध जाती, धर्म, सम्प्रदायको बसोवस रहेको नेपालमा सबै पर्व मिलेर मनाउनुपर्नेमा जोड दिए । उनले बकरइद पर्वले मुलुकमा शान्ति, अमनचयन र आपसी भाइचारा कायम होस् भनेर खुदा (ईश्वर)सँग प्रार्थाना गरेको बताए । बकरइद पर्व तीन दिनसम्म नयाँ पहिरन लगाउने, मासु र सेवइको विशेष परिकार खाने, खुवाउने गरी धुमधामसँग मनाउने गरिन्छ । बकरइदमा प्रदेश नं ५ सरकारले यस अन्र्तगतका १२ जिल्लामा आज सार्वजनिक बिदा दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप