बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

टर्कीका राष्ट्रपति एर्डोगान गल्फ राष्ट्रको भ्रमणमा

मङ्गलबार, ०३ साउन २०७४, १७ : ५५
मङ्गलबार, ०३ साउन २०७४

इस्तानबुल – टर्कीका राष्ट्रपति रेसेप तायप एर्डोगानकले यसै महिनामा गल्फ राष्ट्रहरुको भ्रमण गर्नुहुने भएको छ । 

उहाँको यो भ्रमण कतार र साउदी अरेबियाको हुनेछ । टर्कीस् विदेश मन्त्रालयले म्गलबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिएको छ । 

पछिल्लो समयमा कतार गम्भीर कुटनीतिक संकटमा परेको छ । त्यसैले उहाँको यो भ्रमण त्यसतर्फ केन्द्रित हुने भएको उहाँको कार्यालयले जनाएको छ । 

आगामी जुलाई २३ देखि २५ सम्म हुन लागेको उहाँको भ्रमण कतारमा जारी कुटनीतिक संकट समाधानमा प्रमुख मध्यस्तकर्ताका रुपमा हुनेछ । 

कतारमाथि उसका छिमेकी गल्फ देशले कूटनीतिक सम्बन्ध विच्छेद गरी नाकाबन्दी नै लगाएका छन् । उक्त समस्याको समाधान निस्किने अवस्था अझै बनेको छैन । रासस÷एएफपी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप