बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

किन रोकियो कर्मचारी समायोजन प्रक्रिया ?

बुधबार, ०६ भदौ २०७५, ०६ : ३९
बुधबार, ०६ भदौ २०७५

काठमाडौं - ऐन अभावमा सरकारले कर्मचारी समायोजन प्रक्रिया रोकेको समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ । 

सरकारले हाल संघीय निजामती सेवा विधेयक संसद्मा पेस गर्ने तयारी गरिरहेको छ । सो विधयेक पारित नभएसम्म कर्मचारी समायोजन प्रक्रिया अघि नबढ्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । 

समाचारमा लेखिएको छ, मन्त्रालयका अनुसार सो विधयेक मन्त्रिपरिषद्बाट संसदमा लग्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

मन्त्रालयले यसअघि साउनको दोस्रो सातादेखि कर्मचारी समायोजनका प्रक्रिया रोकेको थियो । 

यसअघि मन्त्रालयले साउन दोस्रो साताबाट संघ, प्रदेश र स्थानीय तहमा समायोजना प्रक्रिया अघि बढाउने जनाएको थियो । तर भदौं पहिलो सातासम्म समायोजनका प्रक्रियाको कुनै काम अघि बढेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप