शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदूषण नाप्ने करोडौँका उपकरण उपयोगविहीन

बुधबार, ०६ भदौ २०७५, ०६ : ३८
बुधबार, ०६ भदौ २०७५

राजधानीलगायत देशका मुख्य सहरमा दुई वर्षअघि प्रदूषण मापन गर्ने उपकरण जडान गरियो । तर, अहिले ती उपकरण प्रयोगविहीन भएका छन् ।

कुनै उपकरणले सही तथ्यांक दिँदैनन् त कुनैको ब्याट्री नै चोरी भएर बन्द अवस्थामा छन् । केही उपकरणले सही तथ्यांक दिए पनि विश्लेषण गरेर प्रदूषण घटाउने प्रयास भएको छैन ।

अहिलेसम्म दशभर गरी जम्मा १५ वटा प्रदूषण मापन उपकरण जडान गरिएका छन् । जब कि एउटै उपकरणको एक करोडभन्दा बढी मूल्य पर्छ ।
 

कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस परिसरमा प्रदूषण मापन उपकरण स्थापना गरिएको थियो । रेखदेख र हेरचाह गर्ने जिम्मा भौतिकशास्त्र विभागलाई थियो ।

तर, उपकरणको ब्याट्री चोरले टप्काएपछि एक वर्षदेखि प्रदूषण मापन हुन सकेको छैन । फेरि ब्याट्री राख्ने तयारीमा रहेको वातावरण विभागकी प्रवक्ता सफलता श्रेष्ठले बताइन् ।, यो खबर आजको नयाँ पत्रिकामा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप