शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चाडपर्व नजिकिएसँगै सुनमा कालोबजारी शुरु

बुधबार, ०६ भदौ २०७५, ०५ : ५२
बुधबार, ०६ भदौ २०७५

काठमाडौं - बजारमा सुन तोकिएको मूल्यभन्दा प्रतितोला तीन हजारदेखि तीन हजार दुई सय रुपैयाँसम्म बढीमा किनबेच भइरहेको पाइएको छ । 

आज प्रकाशित नागरिक दैनिकका अनुसार बजारमा सुनको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरिएको हो । 

व्यापारीले सस्तिएका बेला सुन किनेर चाडपर्व सुरु भएपछि महँगोमा बेच्ने उदेश्यले लुकाएका कारण कृत्रिम अभाव भएको जानकार बताउँछन् । 

सुन अभाव देखाएर व्यापारीले महँगोमा बेचिरहेका छन् । नागरिकको पहिलो पृष्ठमा यो समाचार छापिएको छ । 

समाचारमा भनिएको छ, बैंकहरुले अहिले पनि नियमित रुपमा उही अनुपातमा सुन आयात गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप