बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

३३ किलो सुन काण्डमा उच्च अदालत विराटनगरले दियो यस्तो आदेश

मङ्गलबार, ०५ भदौ २०७५, २२ : ३३
मङ्गलबार, ०५ भदौ २०७५

विराटनगर–३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका मध्ये धरौटी र साधारण तारेखमा छुटेका दुई जनालाई पनि आज उच्च अदालत विराटनगरले थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको छ । 

उच्च अदालत विराटनगरमा आज भएको बहसपश्चात् जिल्ला अदालत मोरङबाट निलम्बित एसएसपी श्यामबहादुर खत्रीका चालक विष्णुबहादुर खड्कालाई रु १५ हजार धरौटी र सुरक्षा गार्ड अम्बरबहादुर थापामगरलाई साधारण तारेखमा रिहा गर्न दिएको आदेश बेरितको भएकाले बदर गरेको हो । 

उच्च अदालत विराटनगरका न्यायाधीश उमेशराज पौडेल र साधुराम सापकोटाको संयुक्त इजलासले ०७५ जेठ ८ गते भएको आदेश बेरितको देखिएकाले उनीहरुलाई थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको उच्च अदालत विराटनगरका सूचना अधिकारी राजकुमार दाहालले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप