शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

इजरायली अबरोध हटाउनेतर्फ पहल हुँदै : हमास नेता

मङ्गलबार, ०५ भदौ २०७५, २१ : २५
मङ्गलबार, ०५ भदौ २०७५

गाजा सिटी । इजरायलद्वारा गाजा क्षेत्रमा एक दशकभन्दा बढी समयदेखि लगाउँदै आएको नाकावन्दीको ‘अन्त्य हुन लागेको’ हमास नेता इस्माइल हानियाले मङ्गलबार बताएका छन् । 

इजिप्ट र संयुक्त राष्ट्रसंघको पहलमा इजरायली तथा प्यालेष्टिनी अधिकारीबीच युद्धविरामका लागि पहललाई तीव्रता दिइराखेका समय प्यालेष्टिनी नेताको उक्त भनाइ आएको हो । 

प्राप्त पछिल्लो सूचना अनुसार गाजाका हमास नेता तथा इजरायलबीच इजिप्ट तथा संयुक्त राष्ट्रसङ्घको पहलमा छलफलहरू भएका छन् । तर छलफलहरू नाकाबन्दीलाई नै अन्त्य गर्ने बिषयमा केन्द्रित नभएर सीमामा भएको इजरायली अवरोधलाई केही खुकुलो पार्नेतर्फ भएको बुझिएको छ । 

इद अल–आदाको अवसरमा प्रार्थनामा सहभागी हजारौँ प्यालेष्टिनी नागरिकलाई सम्बोधन गर्दै हानियाले भने केही इजरायली तथा प्यालेष्टिनी सञ्चारमाध्यमले केही हप्ता यता प्रस्तुत गरे जस्तो युद्धविराम हुने सम्भावना तत्काल छैन । 

सम्बोधनमा हानियाले इजरायलविरुद्ध प्यालेष्टिनी जनताले गरेको प्रदर्शन र प्रतिरोधको प्रशंसा गर्दै सहभागीलाई धन्यवाद दिए । उनले भने, ‘हामी प्यालेष्टिनी जनताविरुद्ध इजरायलले गरेका गैरन्यायिक नाकावन्दीको अन्त्यतिर पुगेका छौ ।’ 

कुनैपनि वार्ता राष्ट्रिय सहमति तथा अरब राष्ट्रको सुरुक्षाका लागि हुनुपर्नेछ र यो आवश्यक हो । तर गैरन्यायिक रूपमा एकतर्फी फाइदाका लागि हुने सहमति हमासलाई मान्य नहुने बताए । 

हमास नेता हानियाको यो भनाई प्यालेष्टिनी राष्ट्रपति महम्मद अब्वासद्वारा प्यालेष्टिनी अधिकारीको सम्लग्नता विना हुने युद्धविरामले वैधानिकता नपाउने भनी व्यक्त गरेको चासोप्रति सङ्केत गरी आएको हो । 

पछिल्लो १० बर्षमा अब्वासको फताह र हमासका नेताबीच गहिरो विभाजन देखिँदै आएको छ । 

गाजा क्षेत्रमा गत मार्चदेखि हमास समूहले गरेको प्रदर्शनमा शुक्रबार दुई जनाको मृत्यु भएसँगै १७१ जनाले ज्यान गुमाइसकेका छन् । उक्त अवधिमा प्यालेष्टिनी प्रदर्शनकारीको गोली लागी एक इजरायली सैनिकको मृत्यु भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप