शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भारत्तोलनतर्फ सञ्जु चौधरीको तीनवटा नयाँ राष्ट्रिय कीर्तिमान

मङ्गलबार, ०५ भदौ २०७५, २० : ५२
मङ्गलबार, ०५ भदौ २०७५

काठमाडौँ । इण्डोनेशिया जारी १८औँ एशियाली खेलकूदअन्तर्गत भारोत्तोलनतर्फ नेपालकी सञ्जु चौधरीले आज तीनवटा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । 

महिला ५३ केजी तौल समूहमा सञ्जुले स्न्याचमा ७२ र क्लिन एण्ड जर्कमा ८६ केजी गरी कूल १५८ केजी तौल बहन गर्दै तीन राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । 

सञ्जुले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान भङ्ग गरेकी हुन् । यसअघि नेपालगञ्जमा भएको एशियालयी खेलकूद छनोटमा स्न्याचमा ७१ र क्लिन एण्ड जर्कमा ८५ केजी गरी कूल १५६ केजी भार बहन गर्दै कीर्तिमान बनाएकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप