केन्द्रीय संस्करण

पूर्वराजदूत झाको हत्याको छानबिन गर्न माग

person access_timeभदौ ५, २०७५ chat_bubble_outline0

काठमाडौँ । नेपालको परराष्ट्र सेवाका पूर्वराजदूतहरुको संस्थाले तीन दशकभन्दा बढी परराष्ट्र सेवामा योगदान गरी फ्रान्सका लागि नेपालको राजदूत भइसकेका सङ्घका संस्थापक सदस्य केशवराज झाको सोमबार भएको हत्याको छानबिनको माग गरेको छ । 

गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई बेग्लाबेग्लै पत्र लेखेर पूर्वराजदूत झाको हत्यामा संलग्न दोषीलाई पक्राउ गरी कानूनबमोजिम सजाय गर्न माग गरेको सो संस्थाले जनाएको छ । 

दिवङ्गत झाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै संस्थाले शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ । 

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ