बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

उजुरीको फछ्र्यौट सन्तोषजनक : अख्तियार

मङ्गलबार, ०५ भदौ २०७५, २० : ३४
मङ्गलबार, ०५ भदौ २०७५

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले आव २०७४/७५ को अवधिमा ४७२ उजुरी फछ्र्यौट गरेको छ । 

अख्तियारमा उक्त आवमा कूल ८५७ उजुरी दर्ता भएकामध्ये ३८५ वटा उजुरी भने फछ्र्यौट हुन बाँकी छन् । गत आवको उजुरीको फछ्र्यौटको अवस्था भने सन्तोषजनक नै रहेको आयोगले जनाएको छ । 

आयोगको कार्यालय बुटवलले आज यहाँ गरेको पत्रकार सम्मेलनमा कार्यालयप्रमुख रविलाल पन्थले प्रगति विवरण प्रस्तुत गर्दै पछिल्लो समयमा स्थानीय तहका जनप्रतिनिधिका अनियमितताका विषयमा उजुरी आउन थालेको जानकारी दिए । 

उनले स्थानीय तहका जनप्रतिनिधिहरुले धेरैजसो कर्मचारी नियुक्ति, विकास निर्माणको काममा आफू नजिकका नातेदारलाई ठेक्का दिएका र गुणस्तरहीन काम गरेका, जनताको काम गर्दा कर्मचारीहरुले घुस लिएका जस्ता उजुरी देखिएको बताए । 

उनले भने, ‘अख्तियारले स्थानीय तहका जनप्रतिनिधिहरुलाई अनियमितता र भ्रष्ट्राचारका विषयमा अभिमुखीकरण गरिसकेका छ, अब एक्सनमा जान्छौँ ।’ 

गत आवमा रु ६ लाख घुससहित पाँच जना व्यक्ति रङ्गेहात पक्राउ परेको, पाँच वटा मुद्दाबाट रु ६ लाख बिगो तथा रु चार करोड आठ लाख २९ हजार ५६३ असुलउपर गरिएको पन्थले जानकारी दिए । 

उनले अख्तियारमा वर्षभरिमा आउने उजुरीमध्ये अधिकांश साउनमा आउने गरेको बताए । उनले गत आवमा परेका ८५७ उजुरीमध्ये साउनमा मात्रै १५१ उजुरी परेको जानकारी दिए । 

साउनमा पर्ने उजुरीमध्ये आवको अन्तिम असार मसान्तमा फछ्र्यौट हुने कामका अनियमिततासँग सम्बन्धित रहेको समेत आयोगले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप