बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महिला अपरहणमा प्रहरी उदासिन देखिएको भन्दै पूर्व–पश्चिम राजमार्ग अवरोध गर्दा यस्तोसम्म देखियो, ८ तस्विरमा हेरौं

मङ्गलबार, ०५ भदौ २०७५, २० : २१
मङ्गलबार, ०५ भदौ २०७५

सिरहा– सिरहाको गोलबजार नपा १० बाट १२ दिनअघि घरबाटै अपहरित ५५ वर्षिय कारी देवी यादवको खोजतलासमा प्रहरीले चासो नदेखाएको भन्दै मंगलबार अपरान्ह पूर्वपश्चिम लोकमार्गमाग सडकमै टायरबालेर एक घण्टा अवरुद्ध गरिएको छ । गत साउन २५ गते बेलुका आठ बजे भतिजो (दिदीको छोरा) विरामी छ, छिटो हिडभन्दै अपरिचित व्यक्तिले मोटरसाइकलमा चढाएर लगेको यादवको खोजीमा प्रहरीले तदारुकता नदेखाएको भन्दै स्थानीयबासीले  पूर्वपश्चिम लोकमार्गको चोहर्वा बजारमा सडक अवरुद्ध गरेका हुन् ।

सडक अवरुद्ध गर्ने क्रममा अधिकांश महिला र बालबालिका समेत सहभागि भएको देख्न सकिन्थ्यो । विद्यालय जाने उमेरका बालबालिका र महिलाहरुनै सडकमा ओर्लिएर गरिएको अवरोधले पूर्व–पश्चिम चल्ने सवारी साधन लामो जाममा फसेका थिए । 

तस्विरः रामभरोसि यादव

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप