शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

उद्धार गरिएका बालक छेमाङलाई आफन्तको जिम्मा लगाइयो

मङ्गलबार, ०५ भदौ २०७५, २० : २१
मङ्गलबार, ०५ भदौ २०७५

कैलाली । अपहरणकारीबाट सकुशल उद्धार गरिएका पाँच वर्षीय बालक खेमन चौधरी (छेमाङ) लाई प्रहरीले आज आफन्तको जिम्मा लगाइएको छ । 

उद्धार गरिएका बालक चौधरीलाई बुबा बालकृष्ण चौधरीको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । 

कैलाली कैलारी गाउँपालिका–६ का पाँच वर्र्षीय बालक चौधरीलाई गोदावरी नगरपालिका लालपुरहरैयाका बिर्जु चौधरीले अपरहण गरेको झण्डै १० घण्टापछि दाङ्गको भालुवाङबाट सकुशल उद्धार गरेको प्रहरी उपरीक्षक घिमिरेले बताए । 

अपरहरणकारीले बालकलाई मोटरसाइलकमा लैजाँदै गर्दा प्रहरीले उनलाई समेत पक्राउ गरेको थियो । 

कैलारी गाउँपालिकास्थित स्थानीय आदर्श मावि परिसरबाट सोमबार बिहान ८ः१५ बजेतिर बालक खेमन अपहरणमा परेको बताइएको छ । 

अपहरणकारी चौधरीमाथि अपहरण तथा शरीर बन्धक ऐनअन्तर्गत कारवाही अघि बढाइएको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप