शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीद्वारा बकर इदको शुभकामना

मङ्गलबार, ०५ भदौ २०७५, १९ : २२
मङ्गलबार, ०५ भदौ २०७५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम समुदायको महान पर्व इद उल अजहा (बकर इद)को अवसरमा शुभकामना व्यक्त गरेका छन् । 

बकर इदको अवसरमा नेपाली मुस्लिम समुदायका दिदीबहिनी तथा दाजुभाइहरुप्रति हार्दिक शुभकामना प्रकट गर्दै उन्नति, प्रगति र समृद्धिको कामना गरेका छन् । 

उनले बकर इदले नेपालीबीचको एकतालाई झन् प्रगाढ बनाउने विश्वाससमेत व्यक्त गरेका छन् । 

‘संस्कृति, जातजाति, भेषभूषा र परम्पराको विविधता रहेको हाम्रो मुलुकमा यो पर्वले एकता र सहकार्यको वातावरणलाई अझ मजबुत बनाउन मद्दत गरोस् भन्ने कामना गर्दछु,’ शुभकामना सन्देशमा भनिएको छ, ‘एकता र सहकार्यको उच्चतम अभ्यासबाटै हामीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रि लक्ष्य पूरा गर्नेछौं भन्ने कुरामा म विश्वस्त छु ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप