बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको ६ महिने कार्यकाल असफल, भाषणबाहेक केही भएनः कर्ण

मङ्गलबार, ०५ भदौ २०७५, १९ : १४
मङ्गलबार, ०५ भदौ २०७५

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालका सह–अध्यक्ष एवम् संसदीय सुनुवाई विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले ६ महिने कार्यकालमा एउटापनि राम्रो काम गर्न नसकेको आरोप लगाएका छन् । 

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता कर्णले सो आरोप लगाएका हुन् । कार्यक्रममा बोल्दे उनले भने, ‘ओलीजीको ६ महिने कार्यकालमा भाषणमात्रै भयो । कुनैपनि राम्रो काम भएन । प्रधानमन्त्री र मन्त्रीहरुको काम नै भाषणमात्रै गर्ने देखियो । उहाँहरुको भाषण हेर्दा त नेपाल कहाँबाट कहाँ पुगिसक्योजस्तो लाग्छ । तर, काम केही पनि गरेको छैन ।’

साक्षात्कारमा बोल्दै उनले कुनै मन्त्रालयको काम, कृति ठिक ढंगको नभएको आरोप लगाए । उनले भने, ‘गाउँभित्रका सडकहरु बनेका छन् । तर, गाउँ जोड्ने मूल सडकहरुको कन्तबिजोग छ । अरु त परै जाओेस मोटरसाईकलसमेत चल्न सकेको छैनन् ।’ सरकारको ६ महिने कार्यकालबारे कामको मुल्याँकन गर्ने हो भने त जिरो नै रहेको उनको दाबी छ । 

फरक प्रसंगमा नेता कर्णले प्रधानमन्त्री ओलीले प्रदेश नम्वर २ को प्रदेश सभामा गरेको भाषणलाई आफूहरुले वाहवाही नगर्ने स्पष्ट पारे । उनले भने,‘ओलीजीको भाषणमा हामीले वाहवाह गर्नुपर्दैन् । वाहवाही गर्नुपर्ने अवस्था छैन । ओलीले आश्वासनबाहेक अरु केही पनि दिएनन् । संविधान संशोधनमा पनि उनले हामीलाई आश्वासन दिएका छन् । तर संविधान संशोधन गर्नको लागि कुनै चासो र गृहकार्य गरेको देखिँदैन् ।’

मधेश आन्दोलनका क्रममा आफ्ना नेता तथा कार्यकर्ताहरुलाई झुठा मुद्दा लगाएको बताउँदै उनले भने,‘अझैसम्मपनि मुद्दा फिर्ता गरिएको छैन । बन्दी रिहाई गरिएको छैन । तर प्रधानमन्त्रीले हामीसँग सहमति गर्नुभएको छ ।’
त्यस्थतै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् राष्ट्रिय सभाका सांसद जितेन्द्र नारायण देवले प्रधानमन्त्री कार्यालय र हरेक मन्त्रालयहरु माफियाहरुले चलाएको आरोप लगाएका छन् । उनले भने,‘सरकार त कम्युनिष्ट नामधारीमात्रै हो । कामधारी होईन् । सरकारसँग दुई तिहाई भएकोले केही गर्छकि भन्ने आशा थियो । तर, केही पनि गर्न सकेन ।’
पूर्वमन्त्रीसमेत रहेका सांसद देवले सरकारले सिण्डिकेट र सुन काण्डमा कति राम्रो गर्यो भन्ने देखिएपनि रिजल्ट जिरो आएको आरोप लगाए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप