शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

रियल स्कूल अफ नेपाल २०१८को एघारौं क्षेत्रीय फाइनल सम्पन्न

मङ्गलबार, ०५ भदौ २०७५, १९ : १२
मङ्गलबार, ०५ भदौ २०७५

काठमाडौं । रियल स्कूल अफ नेपाल २०१८ अन्तर्गत एघारौं क्षेत्रीय फाइनल मध्यमाञ्चलको ललितपुर मा सम्पन्न भएको छ ।

यस प्रतियोगितामा जेम्स स्कूल विजयी घोषित भएको छ । प्रतियोगितामा पुश्पीका थापा, आस्था क्षेत्री, दिभश डंगोल, सुरस महर्जन, कृषा बज्राचार्य र आदित्य थापा लगायतका विद्यार्थी सहभागी भएका थिए ।

यी विजयी विद्यार्थीहरुले काठ्माडौंमा सम्पन्न हुने रियल स्कूल अफ नेपाल २०१८ को अन्तिम चरणको प्रतियोगितामा अन्य विजयी विद्यालयका विद्यार्थीहरुसँग प्रतिस्पर्धा गर्नेछन् ।

अब ग्राण्ड फिनाले र पुरस्कार वितरण समारोह अगस्ट ३०, २०१८ गते काठमाडौंमा सम्पन्न हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप