शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीलाई लक्षित गरी भ्रम फैलाउने सिग्देल बबरमहलबाट पक्राउ

मङ्गलबार, ०५ भदौ २०७५, १९ : १२
मङ्गलबार, ०५ भदौ २०७५

काठमाडौं । सामाजिक सञ्जालमा भ्रमपूर्ण, नकरात्मक दृष्टिकोणले अफवाह फैलाउने एक व्यक्ति पक्राउ परेका छन् । भक्तपुर, सुर्यविनायक नपा–३ घर भएका होमनाथ सिग्देललाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । 

सिग्देलले सामाजिक सञ्जाल फेसबुक आईडीबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरी भ्रमपूर्ण, नकरात्मक दृष्टिकोणले अफवाह फैलाउने कार्य संलग्न रहेकाले बबरमहलबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ । 

महाशाखाको अनुसार सिग्देललाई विद्युतीय कारोबार ऐन,२०६३ को दफा ४७ बमोजिम विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्ने कार्यमा संलग्न व्यक्तीलाई रु १ लाखसम्म जरिवान वा पाँच बर्ष सम्म कैद वा दुबै सजाय हुनेछ । 

सिग्देललाई नियन्त्रणमा लिई थप अनुसनधान भइरहेको महाशाखाका प्रहरी उपरीक्षक (प्रवक्ता) नरेन्द्र प्रसाद उप्रेतीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप