बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बुधबार सार्वजनिक विदा

मङ्गलबार, ०५ भदौ २०७५, १८ : ५९
मङ्गलबार, ०५ भदौ २०७५

-तेजेन्द्र केसी

बुटवल । प्रदेश नम्बर ५ को सरकारले बुधबार मुस्लिम धर्मावलम्वीहरुको पर्व बकर इदका अवसरमा सार्वजनिक विदा दिने भएको छ । प्रदेश सरकारले प्रदेश मातहतका सरकारी तथा गैरसरकारी कार्यालयमा सार्वजनिक विदा दिने निणर्य गरेको हो । 

भोली अर्थात बुधबार प्रदेश सरकारले सार्वजनिक विदा दिने निणर्य गरेको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्धारा जारी प्रेश विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रदेश अन्र्तगतका सार्वजनिक कार्यालयहरु बन्द हुने भएपनि संघीय सरकार अन्र्तगत रहेका कार्यालयहरु खुल्ला रहने छन् । सरकार अन्र्तगत विद्यालय, स्वास्थ्य चौकी, नगरपालिका, गाउँपालिका, मालपोत आदि बन्द हुनेछन् ।

संघीय सरकारले सार्वजनिक बिदा दिएपनि जिल्ला प्रशासन कार्यालय, नेपाल राष्ट्र बैंकको भैरहवा शाखा तथा बैक तथा वित्तिय संस्था, भन्सार, राजश्व लगायतका कार्यालय खुल्ला रहनेछन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले संघीय सरकार अन्र्तगतका कार्यालयहरु खुल्ला रहन सक्ने बताए । यसैबीच मुख्यमन्त्री शंकर पोखरेलले बकर इद पर्वको शुभकामना सन्देश समेत दिएका छन् । 

‘इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईदउल अजाहा (बकर इद) पर्वको अवसरमा समस्त स्वदेश तथा विदेशमा रहेका इस्लाम समुदायका दाजुभाई दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु,’ मुख्यमन्त्री पोखरेलले जारी गरिएको शुभकामना सन्देशमा भनिएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप