बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीले प्रदेश–प्रदेश डुलेर उपदेश दिँदै हिड्न मिल्दैनः गगन थापा

मङ्गलबार, ०५ भदौ २०७५, १८ : ४२
मङ्गलबार, ०५ भदौ २०७५

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी ओलीलाई प्रदेश–प्रदेश डुलेर उपदेश दिँदै नहिड्न आग्रह गरेका छन् । काँग्रेस सांसद थापाले अन्तरवार्ताहरुमा रमाईला र  रोयल गर्न छोडेर संघीयतालाई सफल बनाउन लागि पर्न पनि गम्भिर ध्यानाकर्षण गराए ।

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रधानमन्त्री सफल र संघीयता असफल बनाउने काममा प्रधानमन्त्री लाग्न नहुने पनि बताए ।  राष्ट्रिय जनता पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले तत्काल वीरगंज चिनी कारखाना स्थापना गर्न सरकारसँग माग गरे ।

उनले सो चिनी कारखाना स्थापनाका लागि सहकारी संस्थाहरुसँग सहकार्य गर्न पनि सरकारलाई सुझाव दिए । काँग्रेस सांसद एवम् उद्योगपति विनोद चौंधरीले मुलुकले नागरिबाट उठाएको करको सदुपयोग गर्न नसकेको दावी पनि गरे । उनले करदाताले धान्न सक्ने करको प्र्रावधान बनाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का सांसद अग्निप्रसाद सापकोटाले तातोपानी–कोदारीमा तटबन्ध निर्माण गर्न सरकारसँग माग गरे । उनले बाह्विसे–तातोपानी सडकखण्ड सुचारु गराउन पनि सरकारसँग आग्रह गरे । 

सत्तारुढ दलका अर्का सांसद जनार्दन शर्माले जाजरकोट, रुकुमलगायतका जिल्लाहरु पहिरोको चपेटामा परेको उल्लेख गर्दै पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप