बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कैलाश विकास बैंकद्धारा बृक्षारोपण कार्यक्रम

मङ्गलबार, ०५ भदौ २०७५, १८ : २२
मङ्गलबार, ०५ भदौ २०७५

स्याङ्गजा । कैलाश विकास बैंकले स्याङ्गजाको पुतलीबजार नगरपालीका १४ मा रहेको पाणिनी आश्रम (गुरुकुल) क्षेत्रमा बृक्षारोपण गरेको छ ।

बैंकले सामाजीक उत्तरदायित्व अन्र्तगत बृक्षारोपण कार्यक्रम गरेको हो ।

शनिबार श्री पाणिनी आश्रम (गुरुकुल) क्षेत्रमा आयोजीत कार्यक्रममा पुतलीबजार नगरपालीका १४ का वडा अध्यक्ष शेषराज ढकाल, कैलाश विकास बैंक केन्द्रिय कार्यालय निक्षेप ब्यवस्थापन विभाग प्रमुख शुशिला श्रेष्ठ र जिल्ला बन कार्यलयका प्रतिनिधि अमर पराजुलीले बृक्षारोपण गरे ।

गुरुकुल परिसरमा वडा अध्यक्ष एवं वडाका प्रतिनिधी, बैकका कर्मचारी, बन कार्यलयका प्रतिनिधी, आश्रम समितिका पदाधिकारी, बटुकहरु एवं स्थानीयको सहभागीतामा चाप, कपूर, लप्सी, कल्की फुल, धुपी, रुदराक्ष, डुम्री, खयर लगाएतका ३०० विरुवाको बृक्षारोपण गरीएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप